Saturday, December 2, 2023

हत्या आशंकामा देवर र देउरानी पक्राउ


  • February 10, 2015


हत्या आशंकामा देवर र देउरानी पक्राउ

वीरगन्ज । पर्साको सबैठवा गाविस–२ की सुमनदेवीको हत्या आशंकामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले जिल्लाको महुवनमा लुकेर बसेका समनदेवीका देवर श्रीलाल राम र देउरानी सोनादेवीलाई पक्राउ गरेको हो । महुवनमा लुकेर बसेको अवस्थामा सोमबार उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान्त थापाले जानकारी दिए । यसअघि प्रहरीले सुमन हत्या आशंकामा सासूलाई पक्राउ गरिसकेको छ । प्रहरीले सुमनदेवीको शव घाँटी रेटेर फालेको अवस्थामा शनिबार राति घर नजिकैको उखु बारीबाट बरामद गरेको थियो । प्रहरीका अनुसार सुमनदेवीको परिवारका सदस्यले मिलेर हत्या गरेका आशङ्का गरिएको छ । हत्याबारे थप अनुसन्धान भइरहेको छ । सुमनका पति किशोर भने वैदशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन् ।


NEPAL NEWS Team
202 views

सम्बन्धित समाचारहरु