Saturday, December 2, 2023

प्रधानमन्त्रीले दाहाललाई टेलिफोनमा भने– ‘वार्ता र संवादको बिकल्प छैन’


  • February 10, 2015


प्रधानमन्त्रीले दाहाललाई टेलिफोनमा भने– ‘वार्ता र संवादको बिकल्प छैन’

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत एमाओवादी मोर्चालाई वार्ता आउन आग्रह गर्दै मोर्चाका संयोजक एंव एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फेरि टेलिफोन गरेका छन् । यसअघि लिखित रूपमै वार्ताका लागि आव्हान गरेका प्रधानमन्त्री कोइरालाले दाहाललाई गएराती फेरि टेलिफोन गरि वार्तामा आउन आग्रह गरेका हुन् । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्रीले राजनीतिक निकासका लागि संवाद सुरु गर्नुको बिकल्प नभएको भन्दै वार्तामा दाहाललाई आग्रह गरेका थिए ।
संवैधानिक निकायहरु नियुक्तिका लागि संवैधनिक परिषदको बैठक समेत बस्नुपर्ने प्रधानमन्त्री कोइरालाले दाहाललाई संझाएका थिए । जवाफमा दाहालले आफूहरु पनि वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यसका लागि सत्तापक्षले सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । प्रश्नावली समितिको खारेज गरिनुपर्ने तथा शान्ति प्रक्रियाका पक्षाधर र जनआन्दोलनका सबै पक्षधर शक्तिहरुको सहमतिको आधारमा संविधान जनाउने प्रतिवद्धता सत्तापक्षले जनाउनु पर्नेलगायतका पुरानै अडान दाहालले प्रधानमन्त्रीसंग दोहोर्याएका थिए । दाहालले संवैधानिक परिषदको बैठक राखे आफू बैठकमा सहभागी हुने कोइरालालाई बचन दिएपनि संविधान निर्माणका प्रक्रियाका सवालमा भने सहमतिको आधार प्रष्ट नपारिएसम्म वार्तामा बस्न नसकिने बताएको दाहालको भनाई उद्धृत गर्दै उनको नीजि सचिवालयले जनाएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समितिको घोषणा गरेपछि एमाओवादी सहितको विपक्षी मोर्चा आन्दोलनमा छन् ।


NEPAL NEWS Team
177 views

सम्बन्धित समाचारहरु