Saturday, June 15, 2024

प्रधानमन्त्रीले वार्ताको आह्वान गरेपछि एमाओवादी मोर्चा बैठकमा


  • February 9, 2015


प्रधानमन्त्रीले वार्ताको आह्वान गरेपछि एमाओवादी मोर्चा बैठकमा

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि आह्वान गरेपछि एमाओवादी नेतृत्वको मोर्चा बैठकमा जुटेको छ । सिंहदरवारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा एमाओवादी नेतृत्वको मोर्चा बैठकमा जुटेको हो ।
प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गर्दै बक्तव्य जारी गरे लगतै राजधानी बाहिर रहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेशी मोर्चाका शीर्ष नेताहरु राजधानी फर्केका थिए । आइतवार प्रधानमन्त्रीले बक्तव्य जारी गरेलगतै मोर्चाका नेताहरु राजधानी फर्केका भएपनि समय अभावका कारण आइतवार बैठक बस्न सकेको थिएन् ।
एमाओवादी मोर्चाले प्रधानमन्त्रीको वार्ताका लागि आह्वान गर्दै जारी गरेको बक्तव्यका बिषयमा छलफल गरि धारणा तय गर्ने बताइएको छ । मोर्चाको बैठक बिहान ८ वजेपछिबाट एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसिरहेको छ ।


NEPAL NEWS Team
298 views

सम्बन्धित समाचारहरु