Wednesday, June 19, 2024

गच्छदार, ठाकुर वार्तामा सकारात्मक यादव र महत्तो वार्ताको विपक्षमा


  • February 9, 2015


गच्छदार, ठाकुर  वार्तामा सकारात्मक यादव र महत्तो वार्ताको विपक्षमा

काठमाडौं । वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गरेपछि मधेसी मोर्चाका नेताहरुको मिश्रित प्रतिक्रिया आएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तापक्षसंग वार्ता गर्न आफूहरु तयार रहेको बताएका छन् । तर सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले भने वार्तामा बस्न नसकिने प्रतिक्रिया दिएका छन ।
जनकपुरमा आइबार पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष ठाकुरले आफुहरुको माग सरकारले पुरा गर्न तयार भए वार्ता गर्न तयार रहेको उल्लेख गरे । यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वासको वातावरण बने वार्तामा बस्न सकिने बताए । विराटनगरस्थित आफ्नै निवासमा यादवले सत्तापक्षले सहमति कार्यान्वयन गर्ने ग्यारेन्टी गरेमात्रै वार्तामा बस्ने बताए ।
तर सद्भावना पार्टीक अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री सुशील कोइरालाले बिपक्षी दललाई वार्तामा फर्कन आह्वान गरेपनि आफुहरु वार्तामा नजाने बताए । विराटनगरमा पत्रकार सम्मेलन गरी महतोले अधुरो सहमतिका लागि वार्तामा नवस्ने बताए ।


NEPAL NEWS Team
290 views

सम्बन्धित समाचारहरु