विवादस्पद ल्यारक्याल लामा एमाओवादीबाट सभासद


  • February 8, 2015


विवादस्पद ल्यारक्याल लामा एमाओवादीबाट सभासद

काठमाडौं । एकीकृत नेकपा माओवादीले विवादास्पद छविका ल्यारक्याल लामालाई सभासद बनाएको छ । सर्वोच्च अदालतले शम्भु पासवान हजरीको संविधानसभा सदस्य खारेज गरेपछि रिक्त स्थानमा एमाओवादीले लामालाई सिफारिस गरेको थियो । एमाओवादीको सिफारिस अनुसार लामालाई सभासद मनोनित गरिएको निर्वाचन आयोगले जनाएको छ । दलित आयोगको सदस्य कायमै राखेर समानुपातिक सूचीमा उनको नाम राखिएको थियो । त्यसविरुद्ध परेको मुद्धामा सर्वोच्चले दुसादको सभासद खारेज गरेको छ । लामा निर्वाचनको केही दिनअघि मात्र प्रचण्डको हातबाट टिका लगाएर एमाओवादीमा प्रवेश गरेका थिए । अघिल्लो संविधानसभामा एमालेबाट सभासद् भएर अर्थराज्यमन्त्री लामा विवादमा परेका थिए । एमाले कमजोर हुने देखेपछि एमाओवादीका निर्वाचनको मुखमा प्रवेश गरेका थिए ।


NEPAL NEWS Team
263 views

सम्बन्धित समाचारहरु