कांग्रेस केन्द्रीय समिति फेरि सर्यो


  • February 8, 2015


कांग्रेस केन्द्रीय समिति फेरि सर्यो

काठमाडौ । नेपाली कांग्रेसले महाधिवेशनको तयारीका लागि बोलाएको केन्द्रीय समितिको बैंठक दोश्रो पटक सरेको छ । कांग्रेस माघ २६ गते सोमवारका लागि बोलाएको बैठक फागुन २ गतेका लागि सारेको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार फागुन २ गते बोलाइएको केन्द्रीय समितिको बैठकपनि २ दिन पर सारिएको छ । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७१ फागुन २ गते शनिबार विहान ११ः३० बजे प्रधानमन्त्री निवास, वालुवाटारमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०७१ फागुन ४ गते सोमबार विहान ११ः३० बजे सोही स्थानमा बस्ने भएको छ ।’ केन्द्रीय कार्यालयमा मुख्यसचिव ऋषिकेश तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको समेत भनिएको छ ।


NEPAL NEWS Team
222 views

सम्बन्धित समाचारहरु