राजधानीमा फेरि नक्कली नोट


  • February 8, 2015


राजधानीमा फेरि नक्कली नोट

काठमाडौं । राजधानीको भिमसेनस्थानस्थित अन्जु कस्मेटिक पसलमा शुक्रबार भारतीय जस्ता देखिने ब्यक्ति भित्र छिरे । केही समान किनेर उनले एक हजारको नोट दिए ।
साहुनीले जव पैसा समातिन उनलाई फरक केही महसुस भयो । छाम्दा खस्रो जस्तो लागेपछि शंका भयो, कतै नक्कली त होइन? उनले तत्कालै प्रहरीलाई खबर गरिन । तुरुन्तै आएको प्रहरीको जनसेवा युनिटले ती ब्यक्तिलाई पक्राउ गर्यो ।
उनको साथबाट प्रहरीले ४२ हजार नक्कली नेपाली रकम बरामद गर्यो । २ महिनायता राजधानीमै नक्कली नोट कारोवारी पक्राउ परेको यो दोस्रो पटक हो । यसअघि नयाँ बसपार्कबाट दाङका आशिष चौधरी पक्राउ परेका थिए । नागरिक दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
258 views

सम्बन्धित समाचारहरु