प्रश्नावली संवाद समितिलाई बुझउने गरि सहमतिको तयारी


  • February 8, 2015


प्रश्नावली संवाद समितिलाई बुझउने गरि सहमतिको तयारी

काठमाडौं । दलहरुले प्रश्नावली प्रस्ताव समितिले तयार पारेको प्रतिवेदन एमाओवादी नेता डा बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीति संवाद तथा सहमति समितिलाई बुझाउने गरि सहमतिको प्रयास भएको छ । एमाओवादी नेतृत्वको मोर्चा यो बिषयमा सहमति भएमा सत्तापक्षका नेताहरु यो बिषयमा सहमत भइसकेको बताइएको छ । एक कांग्रेस पदाधिकारीका अनुसार प्रधानमन्त्रीले विपक्षीलाई वार्ताका लागि आह्वान गर्दे वक्तब्य जारी गरेपछि प्रश्नावली प्रस्ताव समितिले तयार पारेको प्रश्नावली डा बाबुराम भट्टराई नेतृत्वको सम्वाद समितिमा पठाउने र प्रश्नावली प्रस्ताव समितिले तयार पारेको प्रतिवेदन बाबुरामले संविधानसभामा पेश गर्ने गरि सहमतिको प्रस्ताव सत्तापक्षले गरेको छ ।
ती कांग्रेस पदाधिकारीले हमति भएको अवस्थामा प्रस्ताव समिति स्वतः निश्क्रिय हुने र त्यतिबेला प्रश्नावलीलाई सम्वाद समितिमा पठाउने बिषयमा एमाओवादी नेताहरुसंग अनौपचारिक रुपमा कुरा भइरहेको छ । उनले प्रश्नावली प्रस्ताव समितिको प्रस्ताव संवाद समितिमा पठाएर सहमति गर्न एमाओवादी समेत तयार भएकाले प्रश्नावलीमा एमाओवादी र मधेशवादीका एजेन्डालाई समेत प्रश्नावलीमा समेटिएको बताए । ‘एमाओवादी मोर्चासँग सहमति हुनासाथ प्रश्नावली समिति निश्क्रिय बन्छ, त्यसपछि यो प्रश्नावली सम्वाद समितिका लागि काम लाग्न सक्छ’, कांग्रेसका ती पदाधिकारीले भने, ‘ अहिले सवै कुरा नभनौ किनकी सहमतिको प्रयास मात्र यो बिषयमा हो औपचारिक सहमतिपछि सवै भनौला मेरो नाम पनि नलेखनुस’ ।
यसरी सहमतिको प्रयास भइरहेकाले राजनीतिक वक्तव्यसहित वार्ताको आह्वान गर्ने तयारी भएको हो । प्रधानमन्त्रीले सरकारका तर्फबाट बाह्रबुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म एवं भावना अनुसार सहमतिमै संविधान बनाउन तयार रहेको प्रतिवद्धतासहित वक्तव्यको तयारी भइरहेको छ ।


NEPAL NEWS Team
278 views

सम्बन्धित समाचारहरु