वार्ताका लागि बक्तव्य दिदै प्रधानमन्त्री


  • February 7, 2015


वार्ताका लागि बक्तव्य दिदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले विपक्षीहरुलाई वार्तामा आउन आग्रह गर्दै सार्वजानिक रुपमा व्यक्तव्य जारी गर्ने तयारीमा रहेका छन् । एकदुई दिन भित्रै प्रधानमन्त्रीले सार्वजानिक बक्तव्य जारी गर्ने तायरी भइरहेको वालुवाटार स्रोतले जानकारी दियो । प्रधानमन्त्री कोइरालाले पनि नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको पन्ध्रौँ साधारणसभालाई सम्बोधन गर्दै दलहरुका बीचमा एकदुई दिनमा ब्रेक थ्रु भएर वार्ता सुरु हुने बताएका थिए । सो कार्यक्रममा नयाँ संविधानबाट सबै वर्ग, क्षेत्रका जनताको हक अधिकार सुनिश्चित हुने भएकोले संविधान लेखन अहिलेको प्राथमिकता भएको बताए । उनले आन्दोलन, बन्द हडताल जनताको प्राथमिकता नभएकाले विपक्षीलाई वार्तामा आउन आग्रह गरे । उनले जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्न छिटो संविधान चाहिएको हो, यसका लागि दलले बोलचाल बन्द गर्ने होइन, वार्ता र संवादको टेबलमा आई त्यही निकास खोजिनुपर्ने धराणा राखे । ‘केही दिनभित्रमा संविधान लेखनका विषयमा दलका बीचमा देखिएका समस्याका सबै बादल हट्ने छन्, अविश्वास र तिक्तता हट्छ, ब्रेक थ्रु हुनेछ, हामी वार्तामा बस्नेछाँै ।’ प्रधानमन्त्री कोइरालाले थपे । उनले भने, ‘वार्तामा आउन पर्यो प्रचण्डजी भनेर मैले उहाँकै निवासमा पुगी आग्रह गरिसकेको छु, टेलिफोनमा कुराकानी भएका छन्, उहाँ (प्रचण्ड) ले हुन्छ भन्नुभएको छ, म आशावादी छु एक÷दुईदिनभित्रमा वार्ता सुरु हुन्छ, वार्तामा नआई कसैलाई सुखै छैन, वार्ताभन्दा अन्यत्र कहाँ जाने ?’
कोइरालाले माघ– ८ मा संविधान जारी हुन नसकेपछि दलहरुका बीचमा द्धन्द बढ्दै गएको छ । एमाओवादी नेतृत्वको मोर्चा संविधानसभा छोडेर आन्दोलन उठाउने अभियानमा जुटेको छ । प्रधानमन्त्री कोइरालाले बक्तव्य जारी गर्ने तयारी गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पुष्टी गरे । उनले भने–‘कस्तो बक्तब्य दिने भन्ने विषयमा छलफल भइरहेको छ, केहि दिनमा वार्तामा आउन बक्तव्य दिने भन्ने कुरो भएको छ ।’ विपक्षी समेत वार्ताका लागि सकारात्मक भएकाले वार्ताको वातावरण बनेको हो । प्रधानमन्त्रीले वार्ताका लागि आग्रह गर्ने तर प्रक्रिया भने नरोकिने पौडेलले बताए । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले वार्ताका लागि आह्वान गर्दै जारी गर्ने बक्तव्यका बारेमा उपसभापति रामचन्द्र पौडेल र शान्तिमन्त्री नरहरी आचार्यसंग शनिवार साँझ छलफल गरेका थिए । उनले सत्तारुढ एमाले नेताहरुसंग छलफल गरि वार्ताका लागि आह्वान गर्ने तयारी गरेको स्रोतले बतायो ।


NEPAL NEWS Team
223 views

सम्बन्धित समाचारहरु