सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट विगत दुई वर्षदेखि निरन्तर प्रकाशित हुदै आएको मासिक नेपाली म्यागेजिन नेपाल न्यूज अस्ट्रेलियाको अपरेशनल म्यानेजरको जिम्मेवारी दिनेश जोशीले लिएका छन् । प्यासिफिक इन्टरन्यासनल मिडिया प्रालिको हालै बसेको वैठकले जोशीलाई सो जिम्मेवारी दिने निणर्य गरेको हो ।
विगत लामो समयदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका जोशी नेपाली समुदायमा समेत सक्रिय छन् ।
व्यवस्थापन तथा मार्केटिङमा राम्रो दखल राखेका जोशी नेपाली समुदायसँग सधैं नजिक भई काम गर्न रुचाउँछन् । जोशीका विभिन्न समयमा केही लेख–रचनाहरु समेत विभिन्न संचारमाध्यमबाट प्रकाशित समेत भएका छन् ।
अस्ट्रेलियामा नेपाली समुदाय माझ व्यवसायिक पत्रकारिताको माध्यमबाट समुदायलाई सुसूचित पार्ने लक्ष्य र उद्वेश्यका साथ प्रकाशित हुँदै आएको नेपाल न्यूज अस्ट्रेलियामा अपरेशनल म्यानेजरको जिम्मेवारी पाएपछि जोशीले नेपाली समुदायका लागि पत्रिकाको माध्ययबाट अझ बढी सेवा गर्ने उत्साह जागेको बताए ।
जोशीले म्यागेजिनलाई व्यवसायिक तथा पाठकको चाहना अनुरुप अगाडि बढाउन समुदायका अग्रज, व्यवसायी तथा शुभचिन्तकहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रण समेत गरेका छन् । यस पत्रिकाले अनलाइन न्यूज पोर्टल समेत सचालन गर्दै आएको छ । www.nepalnewsaustralia.com.au मा लगअन गरी अस्ट्रेलियाली नेपाली समुदायका गतिविधि लगायत देश तथा विदेशका ताजा समाचारहरु पढ्न सकिन्छ ।