Saturday, December 2, 2023

पचास किलो चरेसको धुलो सहित २ जना पक्राउ


  • February 7, 2015


पचास किलो चरेसको धुलो सहित २ जना पक्राउ

वीरगन्ज । सेढवा इलाका प्रहरी कार्यालयको गस्ती टोलीले गएराति ५० किलो चरेसको धुलो बरामद गरेको छ । पर्साको जितपुर गाविस वडा नं ४ मा प्रहरीले चरेसको धुलो बरामद गरेको हो । मकवानपुरको मनहरी हुँदै चारकोसे झाडी भएर पर्साको हरैया क्षेत्रमा निस्किएर भारततर्फ निकासी गर्न लगिरहेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक परमानन्द यादवको नेतृत्वमा रहेको गस्ती टोलीलाई देखेपछि भरिया चरेसका पोका फालेर भागेको प्रहरीले जनाएको छ । यसैगरी, प्रहरी चौकी इनर्वाको गस्ती टोलीले गएराति ५० किलो चाँदीसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश रेग्मीको टोलीले ५० किलो चाँदीसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत रक्सौलका उमेश साह कलवार र प्रभु साह कलवार रहेका छन् । पक्राउ परेकालाई छुटाउन प्रहरीलाई घुस दिने अर्का एकजनालाई पनि पक्राउ गरिएको छ ।
प्रहरीलाई चाँदी छुटाउनका लागि घुस दिन खोज्ने व्यक्तिको नाउँ भने पर्सा प्रहरीले सार्वजनिक गरेको छैन । बरामद भएको चाँदी र पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।


NEPAL NEWS Team
185 views

सम्बन्धित समाचारहरु