Saturday, June 15, 2024

शिलतनिवासमा राष्ट्रपति र एमाओवादी अध्यक्ष भेट


  • February 6, 2015


शिलतनिवासमा राष्ट्रपति र एमाओवादी अध्यक्ष भेट

काठमाडौं । राष्ट्रपति डा. रामबरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भेटवार्ता भएको छ । सहमतिमै संविधान जारी गर्ने वातावरण बनाउन सक्रिय रहेका राष्ट्रपति डा. यादवले बोलाएपछि दाहाल शुक्रबार बिहान ९ वजे शीतल निवास पुगेका थिए । भेटमा राष्ट्रपतिले आन्दोलनलाई भन्दा वार्तालाई प्राथमिकता दिएर जारी राजनीतिक गतिरोध अन्त्य गर्न सुझाव दिएका छन् । दाहालले भने कांग्रेस र एमालेले सहमतिको वातावरण बिगारेको भन्दै दलहरुबीच बढेको ध्रुविकरण रोक्न सत्तापक्षीय दलहरुले नै पहल गर्नुपर्ने बताएका थिए ।
राष्ट्रपतिले सत्तारुढ तथा विपक्षी दलका नेताहरुलाई बोलाएर सहमतिका साथ अघि बढ्न र वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै आएका छन् । गत बुधबार कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र विहीबार एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका राष्ट्रपतिले शुक्रबार प्रचण्डसँग छलफल गरेका हुन् ।


NEPAL NEWS Team
312 views

सम्बन्धित समाचारहरु