सीमास्तम्भको मर्मत कार्य फागुनबाट सुरु


  • February 6, 2015


सीमास्तम्भको मर्मत कार्य फागुनबाट सुरु

विराटनगर । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमास्तम्भको मर्मत तथा सम्भार कार्य आउँदो फागुन ११ गतेबाट सुरु हुने भएको छ । नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रशासनिक र नापी विभागका अधिकारीसहितको बिहीबार विराटनगरमा बसेको बैठकले सुनसरी जिल्लास्थित २११÷१ सीमास्तम्भबाट मर्मतको कार्य सुरु गर्ने सहमति गरेको हो । उक्त बैठकले झापाका ११८ किलोमिटर, मोरङको ५३ किलोमिटर र सुनसरीका ६३ किलोमिटर गरी २४३ किलोमिटर क्षेत्रका सीमास्तम्भमध्ये हराएका सीमास्तम्भको ठाउँमा नयाँ सीमास्तम्भको स्थापना, क्षतिग्रस्त सीमास्तम्भको मर्मतका साथै दसगज्जा क्षेत्रमा निर्माण गरिएका घरटहरा र खनजोत गरिएका जग्गाको तथ्याङक संकलनसमेत गर्ने नेपाली प्रशासनिक टोली प्रमुख तथा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए । उक्त टोलीमा नेपालतर्फबाट नापी अधिकृत सुशील डंगोलसहित नौ सदस्यीय टोली र सोही संख्याको भारतीय टोलीले संयुक्तरुपमा काम गर्नेछ । सो कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नापी अधिकृत डंगोलले जानकारी गराए ।
नेपालका तर्फबाट मोरङको प्रजिअ गणेशराज कार्कीको नेतृत्वमा बसेको बैठकमा झापा र सुनसरीका प्रजिअसहित नापी, वन, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका पदाधिकारीको सहभागिता थियो भने भारत अररियाका जिल्ला पदाधिकारी नरेन्द्रकुमार सिंह, सुपौंलका सहायक जिल्ला अधिकारी कुमारअरुण प्रकाश र किसनगन्जका पदाधिकारीसहित ती जिल्लाका वन, नापीका साथै सीमासुरक्षा बल र प्रहरी प्रमुखको सहभागिता थियो ।


NEPAL NEWS Team
296 views

सम्बन्धित समाचारहरु