काठमाडौं । संविधानसभा बहिष्कारका बिषयमा मतान्तर भएपछि एमाओवादी नेतृत्वको मोर्चाको बैठक बस्दैछ । मोर्चामा विषेश गरि मधेशी जनअधिकार फोरम लोकतान्त्रीले आज एक दिन मात्र संविधानसभा बहिष्कार गर्नुपर्ने बताएपछि मोर्चामा संविधानसभा बहिष्कारका विषयमा मतान्तर भएको हो । सोहि बिषय टुंगो लगाउनका लागि एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभाको बैठक अगावै बैठक बोलाएको छ ।
बिहान ११ वजेपछि एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने बैठकमा संविधानसभाको भविष्य के हुने र मोर्चाले के गर्ने भन्ने बारेमा निर्णय गर्न बताइएको छ । संविधानसभाको बैठक सुरु हुनुभन्दा अघि बस्ने बैठकमा संविधानसभाको बैठक आज एक दिनमात्र गर्ने कि सहमति नभइन्जेल गर्ने भन्ने विषयमा समेत टुंगो लगाउनेछ । एमाओवादी र केही मधेसवादीले संविधानसभाबाट सामहिक राजीनामा दिने बताए पनि विजय गच्छदार लगायतले यसको ठाडो अस्विकार गर्दै आएका छन् ।
संविधानसभा र मोर्चाको संविधानसभामा सत्तारुढ दलहरुले अगाडि बढाइरहेको अवस्थामा के भुमिका हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता प्रेमबहादुर सिंहले बताए । मोर्चाले संविधानसभाको आजको बैठक बहिस्कार गर्ने रणनीति लिने पनि उनले बताए ।