Thursday, April 25, 2024

नेपालीले फोन र इन्टरनेट ८५ अर्ब खर्च गर्छन


  • February 5, 2015


नेपालीले फोन र इन्टरनेट ८५ अर्ब खर्च गर्छन

काठमाडौं । मोबाइल, साधारण टेलिफोन तथा इन्टरनेटमा नेपालीले गत वर्ष ८५ अर्ब रुपैयाँ खर्च गरेका छन् । मोबाइल र टेलिफोनका साढे २ करोड ५५ लाख ४० हजार र इन्टरनेटका ९४ लाख ५९ प्रयोगकर्ताले आव ०७०÷७१ मा यो रकम खर्चिएका हुन् ।

यो संख्याका आधारमा प्रयोगकर्ताले वाषिर्क औसत दुई हजार चार सय २८ रुपैयाँ खर्च गरेका छन् । आव ०६९र७० मा नेपालीले ७५ अर्ब ६८ करोड रुपैयाँ खर्चिएका छन् ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम ९एमआईएस० अनुसार कात्तिकसम्म कुल जनसंख्याको ९६ प्रतिशतमा टेलिफोन तथा ३५ प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ।
राष्ट्रिय जनगणना ०६८ को कुल जनसंख्या र मोबाइल सिमकार्ड तथा टेलिफोन लिने ग्राहकलाई आधार मान्दै प्राधिकरणले ९६ प्रतिशत जनता दूरसञ्चार पहुँचमा रहेको तथ्यांक दिएको समाचार कारोबारमा खबर छ ।


NEPAL NEWS Team
230 views

सम्बन्धित समाचारहरु