संविधानसभा बैठक बस्दै, सुरक्षा व्यवस्था कडा


  • February 5, 2015


संविधानसभा बैठक बस्दै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । संविधानसभाको बैठक आज दिउसो बस्दैछ । बहुमतीय प्रक्रिया बिरुद्ध एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चा विरोधमा उत्रदै बहिष्कार गर्ने भएको छ भने राप्रपा नेपालले आजको संविधानसभामा बैठक भित्रै अवारोध गर्ने तायरी गरेको छ । राप्रपा नेपाल प्रश्नावली समितिको कार्यविधि प्रति असहमति जनाउदै संविधानसभा बिरोधमा उत्रेको हो । आज बस्ने संविधान सभाको बैठकमा उपसमितिले प्रश्न सहितको प्रस्ताव तयार पार्ने कार्य जारी रहेको भन्दै समितिलाई थप पाँच दिनको समय दिन अनुरोध गर्ने भएको छ ।
एमाओवादी नेतृत्वको मोर्चा र राप्रपा नेपाल उत्रिएपछि बिहिबार बस्ने बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ । यसअघि गरेको आक्रमण र तोडफोडपछि प्रहरी आफ्नो सुरक्षा बढाएको हो । माघ ५ राति सत्तपक्षले संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढाउँदा असन्तुष्ट बनेका सभासदले तोडफोड गरेका थिए । त्यसपछि सतर्क बनेको प्रहरीले संविधान सभामा मर्यादा पालकको संख्या बढाएको हो ।
प्रहरी उपरीक्षकको नेतृत्वमा १ सय ५० दरबन्दीमा रहेको मर्यादा पालकको संख्या साढे ६ सय पुर्याइएको छ । त्यो अहिले पनि निरन्तर छ । तर ति मध्ये २ सय ५० जना ुब्याक फोर्सु का रुपमा रहनेछन्,संविधान सभा सुरक्षा स्रोतले बतायो।
आज बस्ने संविधान सभाको बैठकमा कडा निगरानी राखिने भएको छ । संविधानसभा भवनभित्र खुर्सानीको धुलोसमेत पाइएपछि त्यस्ता सामग्री लैजान नदिन साढे १० बजेदेखि नै मर्यादा पालकहरु संविधानसभा भवन पुग्ने भएका छन् ।


NEPAL NEWS Team
300 views

सम्बन्धित समाचारहरु