Sunday, December 3, 2023

बैंकबाट निकाल्नासाथ बानेश्वरबाट झण्डै १९ लाख लुटपाट


  • February 4, 2015


बैंकबाट निकाल्नासाथ बानेश्वरबाट झण्डै १९ लाख लुटपाट

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको साथबाट झण्डै १९ लाख लुटेको छ । हृवाइट हाउस कलेज रहेको भवनमा रहेको ग्लोबल आईएमई बैंकबाट पैसा लिकालेर स्कुटरमा राख्न खोज्दा मोटरसाइकलमा आएको समूहले पैसा लुटेको हो । सिनामंगलमा चितवन मनिट्रान्फरकी सरस्वती आचार्यले बैंकबाट १८ लाख ८४ हजार ६३५ रुपैयाँ लिकालेकी थिइन् ।

‘स्कुटरको चोबी खोलेर ब्याग राख्न खोज्दा मोटरसाइकलमा आएकाहरुले लुटेर लगे’ उनले भनिन्(‘चोर चोर भन्दै केही परेसम्म पुगेँ तर, बाइटको स्पीड भएका उनीहरु भागे । मैले नम्बर टिप्प पनि भ्याइँन ।’ उनलाई कसैले पिछा गरेर लुटेको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।

सरस्वतिले आफू नियमित रुपमा बैंकको उक्त शाखाबाट रकम निकाल्ने गरेको बताइन् । तर, कार्यालय समय भएकाले कसैले पछ्याएको थाहा नभएको बताइन् ।

लुटपाटमा संलग्न भएको आशंमामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर छानविन थालेको छ ।


NEPAL NEWS Team
415 views

सम्बन्धित समाचारहरु