Monday, December 4, 2023

अपराध रोक्न मोबाइल ‘एप्स’


  • February 4, 2015


अपराध रोक्न मोबाइल ‘एप्स’

काठमाडौ । प्रहरीले राजधानीमा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न नयाँ प्रविधि प्रयोग गर्ने भएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले काठमाडौं, ललितपुर र भक्तपुरवासीलाई लक्षित गर्दै अपराध नियन्त्रणका लागि मोबाइल सफ्टवेयर विकास गर्न थालेको हो ।

आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी( विज्ञानराज शर्माले एप्सको निर्माण चरणमा रहेको भन्दै दुई महिनाभित्र सञ्चालनमा आउने बताए । उनले भने, ‘अहिले सफ्टवेयर निर्माणको चरणमा छ, सफ्टवेयर सञ्चालनपछि पूर्ण जानकारी गराउनेछु ।’

आयुक्त कार्यालयका अनुसार माघभरमा सफ्टवेयर विकास भइसक्नेछ । कुनै स्थानमा घटना हुनेबित्तिकै नागरिकले आफ्नो मोबाइलको कुनै बटन थिचेमा आयुक्त कार्यालयदेखि महानगरीय प्रहरी परिसरका काठमाडौं, लतिलपुर, भक्तपुर र ती परिसर मातहतका प्रहरी युनिटमा जानकारी पुग्छ । त्यो जानकारीका आधारमा प्रहरी घटनास्थलमा छिटोभन्दा छिटो पुग्न माथिल्लो निकायसम्म सचेत रहने हुँदा आपराधिक घटनामा कमी आउने प्रहरीको विश्वास छ ।

प्रहरीको बौद्ध वृत्तका प्रहरी नायव उपरीक्षक मनोज केशीले एक वर्षअघि बौद्ध क्षेत्रका बासिन्दालाई लक्षित गर्दै घटनाहरूको जानकारी गराउने सफ्टवेयर लागू गरिसकेका छन् । त्यो एप्सको प्रभावकारितापछि प्रहरीका अन्य युनिटमा पनि त्यस्तै एप्स प्रभावकारी हुने भन्दै निर्माण गर्न सुझावहरू आइरहेका थिए ।

यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई वर्षअघि भाडाका ट्याक्सीमा हिँड्दा लाग्ने शुल्कको जानकारी एप्सबाटै दिन सुरु गरेको थियो । तर, सुरु भएको एक साता नबित्दै एप्सले काम गर्न छोडेको थियो ।

आयुक्त कार्यालयले सञ्चालन गर्न लागेको एप्समा त्यस्तो खराबी आउन नदिन सुरुमै सावधानी अपनाएको एक प्रहरी अधिकारीले बताए । हिमालय टाइम्स दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
159 views

सम्बन्धित समाचारहरु