बैंक लुट्न आएका लुटेरले सनराइज बैंकका सुरक्षा गार्डको हत्या


  • February 3, 2015


बैंक लुट्न आएका लुटेरले सनराइज बैंकका सुरक्षा गार्डको हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड खेम बानियाको अज्ञात समुहले गोली हानी हत्या हत्या गरेको छ । बैंक लुट्ने प्रयासस्वरुप उनको हत्या भएको अनुमान गरेको प्रहरी गरेको छ । तर बैंक लुट्ने प्रयास भने असफल भएको बताइएको छ ।
उदयपुरको जलजले मोतीगरास्थित उदयपुर सिमेन्ट कारखानाभित्र रहेको सनराइज बैंक लुट्ने प्रयास असफल भएको छ । लुटेराले चलाएको गोली लागि बैंकका सुरक्षा गार्ड खेम बानियाँको मृत्यु भएको छ । बैंक भित्र रहेको रकम सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार गोली हानेर लुटेरा फरार भएका छन भने लुटेराहरुको खोजी कार्य गरिरहेको जानकारी दिएको छ ।


NEPAL NEWS Team
364 views

सम्बन्धित समाचारहरु