श्रीस्वस्थानी व्रतकथा साङगे आज


  • February 3, 2015


श्रीस्वस्थानी व्रतकथा साङगे आज

काठमाडौं । गत पौष शुल्क पूर्णिमादेखि भन्दै र सुन्दै आएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आज साङगे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ । संस्कृतिविद्का अनुसार श्रीस्वस्थानीको वर्णन नेपाल सम्वत् ६९३ मा नेपालभाषामा जयन्तदेवले ‘स्वस्थानी परमेश्वरीको व्रतकथा’मा उल्लेख भएको बताए ।
साङगेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ । स्वस्थानी परमेश्वरीको शिलामूर्ति मखनटोलस्थित तारिणी बहालभित्र छ । शिवसहितको उक्त मूर्ति तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले नेपालसम्वत ७९४ मा स्थापना गरेका थिए । महिनायता राजधानीबाट १७ किमि उत्तर–पूर्वस्थित शंखरापुर (साँखु) मा रहेको शाली (मणिशैल) नदी किनारमा स्वस्थानीको व्रत बसिरहेका महिला तथा पुरुषहरूले पनि साङगे गर्ने परम्परा छ ।


NEPAL NEWS Team
599 views

सम्बन्धित समाचारहरु