Wednesday, June 12, 2024

ब्रिटिस विदेश र प्रतिरक्षा मन्त्री अस्ट्रेलियामा


  • February 2, 2015


ब्रिटिस विदेश र प्रतिरक्षा मन्त्री अस्ट्रेलियामा

सिड्नी (एजेन्सी)– ब्रिटिस र अस्ट्रेलियाली विदेश र प्रतिरक्षा मन्त्रीबीच अस्ट्रेलियाको सिड्नीमा सोमबार उच्चस्तरीय वार्ता हुने भएको छ । वार्ताको प्रमुख मुद्दामा विदेशी नीति, प्रतिरक्षा र सुरक्षाको मुद्दाहरु रहने बताइएको समाचारमा जनाइएको छ । ब्रिटिस विदेशमन्त्री फिलिप ह्यामोन्ड र प्रतिरक्षा मन्त्री माइकल फल्लोनका साथै अष्ट्रेलियाली विदेश मन्त्री जुलीए बिसोप र प्रतिरक्षा मन्त्री केभिन आन्ड्रेवजबीच भेटवार्ता हुने बताइएको छ । अष्ट्रेलियामा हुने ब्रिटिस मन्त्रीहरुको यो उच्चस्तरीय वार्षिक बैठक हो । तर हाल हुने यस वार्तामा इस्लामिक स्टेट (आइएस) मा विदेशी लडाकूहरुको भर्ना एक प्रमुख एजेन्डाका रुपमा रहने बताइएको छ । अस्टे«लियाली समाचारपत्रका अनुसार बेलायत र अस्ट्रेलियाली मन्त्रीबीच हुने यो वार्तामा आतङ्कवाद नै प्रमुख मुद्दाका रुपमा रहने बताइएको छ ।


NEPAL NEWS Team
248 views

सम्बन्धित समाचारहरु