Saturday, June 15, 2024

आजबाट संविधानका विवादीत विषयमा नै प्रश्नावली बनाइने


  • February 2, 2015


आजबाट संविधानका विवादीत विषयमा नै प्रश्नावली बनाइने

काठमाडौं । संविधानका विषयमा भएका असहमतिका विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिले आजदेखि प्रश्नावली निर्माणको काम सुरु गर्ने भएको छ । प्रश्नावली निर्माणका लागि आइतबार कार्यविधि पास गरेको समितिले आजदेखि नै प्रश्नावली निर्माणको काम अघि बढाउने तायरी गरेको हो । प्रश्नावली निर्माण लागि समितिको बैठक आज बिहान ८ वजे बोलाइएको छ ।
प्रश्नावली निर्माण गर्दा संविधानसभाको अघिल्लो संविधानसभाको प्रतिवेदन, अहिलेको संविधानसभाको अभिलेख अध्ययन तथा निक्र्यौल समितिले पहिचान गरेको सहमति र असहमतिका विषयलाई आधार बनाइनेछ ।
त्यसैगरी डा. बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा दलहरुले पेश गरेका साझा धारणा र सभासदले व्यक्तिगत रुपमा राखेका धारणालाई पनि प्रश्नावली निर्माणको आधार बनाइने नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिए ।
प्रश्नावली निर्माण गर्दा एमाओवादी, मधेशी दल लगायतका दलका धारणालाई पनि समेट्ने नेताहरुले बताएका छन् । संविधानसभामा रहेका सबैको अपनत्व हुने गरी प्रश्नावली निर्माण गरिने नेपाली कांग्रेसका सभासद गगन थापाले बताए ।
राप्रपा नेपालले भने गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विषयमा पनि प्रश्नावली बनाउनु पर्ने बताएको थियो । तर ती विषय अघिल्लो संविधानसभाको पहिलो बैठकले पारित गरेको र अन्तरिम संविधानमा नै व्यवस्था भएकाले पटक पटक पारित गर्न आवश्यक नभएको कार्यविधि गठन गर्न बनेको उपसमितिका संयोजक रमेश लेखकले बताए ।


NEPAL NEWS Team
293 views

सम्बन्धित समाचारहरु