मध्यरातमा आगलागी हुँदा एकैपरिवारको चार जनाको मृत्य


  • February 2, 2015


मध्यरातमा आगलागी हुँदा एकैपरिवारको चार जनाको मृत्य

धादिङ । धुन्सा–१ चरौंदिस्थित स्थानीय किशोरचन्द्र थपलियाको घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । आगलागीबाट किशोरचन्द्र थपलिया, उनीकी छोरी योजना, ज्वाइ अनिल जिसी, र नातीनी रोजेट जिसीको मृत्यु भएको छ भने घर पुरै जलेर नष्ट भएको छ । यस्तै आगलागीमा परि घाइते भएकी थपलियाको श्रीमती कर्णकुमारी घाइते भएकी छिन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । थपलियाको एक छोरा सुस्त भएको बताइएको छ ।
घरका सदस्य सुतिरहेकोबेला सोमबार विहान २ बजे आगो लागेको थियो । थपलियाको जस्ताले छाएको २ तले घरमा विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ । खाना पकाउने ग्यास सिलिण्डर पनि पड्कीएपछि धेरै क्षति भएको प्रहरीले जनाएको छ । आगो लागेको थाहा पाएलगत्तै गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी नेतृत्वको २५ जनाको प्रहरी टोली घटनास्थल गएको थियो । आगो निभाउन प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।
केहि दिनअघि काभ्रेको पनौतीमा आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।


NEPAL NEWS Team
276 views

सम्बन्धित समाचारहरु