एमाओवादीले दाहाल, भट्टराई र श्रेष्ठलाई तोक्यो आन्दोलनका कमाण्डर


  • February 1, 2015


एमाओवादीले दाहाल, भट्टराई र श्रेष्ठलाई तोक्यो आन्दोलनका कमाण्डर

काठमाडौं । एमाओवादीले आन्दोलनका लागि पार्टिका शीर्ष नेताहरुलाई आन्दोलनको कमाण्डर तोकेको छ । आन्दोलनको तयारीका लागि एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठलाई तीन क्षेत्रको कमाण्डर तोकेको हो । यसलाई केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले पेश गरेका छन् ।
संविधानसभा अध्यक्षले प्रश्नावली प्रस्ताव समिति बहुमतका आधारमा बनाएपछि एमाओवादीले आन्दोलनका कार्यक्रम तय गरेको छ । आन्दोलनमा जनता नआएको निष्कर्ष सहित एमाओवादीले शीर्ष नेताहरुलाई नै आन्दोलनको कमाण्डर तोकेको हो । एमाओवदी आन्दोलतको मध्य क्षेत्रको कमाण्ड अध्यक्ष दाहाल आफैले गर्ने भएका छन भने पूर्वको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पश्चिमको वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कमाण्ड गर्ने भएका छन् ।
पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले अन्य नेताहरुको कार्यबिभाजनको प्रस्ताव समेत पेश गरेका छन् ।


NEPAL NEWS Team
275 views

सम्बन्धित समाचारहरु