संविधानसभा छोड्ने विषयमा पार्टीमा छलफल भएको छैन् :नारयणकाजी


  • February 1, 2015


संविधानसभा छोड्ने विषयमा पार्टीमा छलफल भएको छैन् :नारयणकाजी

काठमाडौं । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदीय समिति छोडेपनि संविधानसभा छोड्ने विषयमा पार्टीमा छलफल नभएको बताएका छन् । संविधानसभाभित्रको संघर्ष र वार्ताको टेवलमा सकारात्मक ढंगबाट अघि बढाउने सन्दर्भमा पार्टीभित्र सबै एकमत रहेको पनि श्रेष्ठले दाबी गरे । संसदीय समिति छोडेको बारेमा संविधानसभा छोड्ने कुरा नभएको श्रेष्ठले बताए । उनले भने– ‘संविधानसभा छोड्ने कुरा नै आएको छैन, यदि त्यस्तो अवस्था आयो भने त्यतिखेर पार्टीभित्र मेरो दुई लाईनको संघर्ष हुन्छ ।’ यद्यपी श्रेष्ठले अहिलेको आन्दोलन परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न जनजागरणको लागि भएको समेत स्पष्ट पारे ।
उनले कांग्रेस र एमालेले सहमतिबाटै अघि बढ्ने पूर्ण प्रतिबद्धता र अहिलेको प्रक्रियालाई स्थगन् गरेर आएमा पुनः संवाद सुरु भई संविधान लेखन प्रक्रियामा नयाँ शिराबाट सहमति हुने बताएका छन् । आइतवार आफ्नै निवासमा संचारकर्मीसंग कुरा गर्दै श्रेष्ठले भने– ‘कांग्रेस–एमालेले बहुमतको हठ त्याग्नु पर्दछ र सहमतिबाट अघि बढ्न तयार हुनुपर्दछ, यदि उहाँहरुले सहमतिबाटै संविधान जारी गर्नुपर्छ भन्ने प्रतिबद्धता देखाउनुहुन्छ भने अझैपनि सहमति र वार्ताको सम्भावना छ ।’ उनले अहिलेको गत्यावरोध अन्त्य गर्न काँग्रेस र एमालेले प्रक्रियाको हठ त्याग्नुपर्ने बताए ।
उपाध्यक्ष श्रेष्ठले एमाओवादी वार्ता र सहमतिको विरोधी नभएको बताउँदै बहुमतीय प्रक्रिया सुरु गरेर कांग्रेस र एमालेले नै वार्ताको ढोका बन्द गरेको आरोप लगाए। बहुमतीय प्रक्रिया जहाँको त्यही रोकेर सहमतिबाट अघि बढ्ने प्रतिबद्धतासाथ वार्ता गर्न चाहने हो भने पुनः वार्ता सुरु हुनसक्ने श्रेष्ठको भनाई थियो । एमाओवादीको सत्तासाझेदारीको वारेमा पत्रकाहरुले गरेको प्रश्नमा नेता श्रेष्ठले एकीकृत माओवादीले संविधानका अन्तरवस्तुलाई सहमतिकै आधारमा टुंगो लगाएर सहमतिमा पुग्ने बाहेक अन्य विषयलाई एजेण्डा नबनाएको बताए ।


NEPAL NEWS Team
240 views

सम्बन्धित समाचारहरु