मधेसी मोर्चाको बैठक बस्दै


  • February 1, 2015


मधेसी मोर्चाको बैठक बस्दै

काठमाडौं । एमाओवादीसंगै आन्दोलनमा जाने कि सहमतिको प्रयास सुरु गर्नेमा दुईधार देखिएपछि मधेशी मोर्चाको बैठक आज बस्दैछ । आज अपरान्ह सदभावना पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आन्दोलनको बाटोमा जाने कि सहमतिको प्रयासमा लाग्ने भन्ने बिषयमा छलफल हुनेछ । मधेशी मोर्चामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावनाका अध्यक्ष राजेन्द्र महतो सत्तापक्षसँग सम्झौताहीन आन्दोलन गर्नुपर्ने पक्षमा छन् । तमलोपाका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठीहरु आन्दोलनको पक्षमा भएपनि सर्वेन्द्रनाथ शुक्लहरु आन्दोलनको विपक्षमा छन् ।
यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजय गच्छदार, शरदसिंह भण्डारीको मधेस समाजवादी पार्टी र अनिल झाको संघीय सदभावना पाटी सहमतिको प्रयास थाल्नुपर्ने पक्षमा देखिएका छन् । ‘मधेसी मोर्चाको लाइन भनेको निर्णायक आन्दोलनबाट मधेस स्वायत्त प्रदेशसहितको संघीय संविधान जारी गराउने हो’ सदभावना पार्टीका नेता मनिषकुमार सुमनले भने– यसबारेमा केहि साथीहरुको पोजिसन क्लियर बैठकबाट हुन्छ ।’ मधेसी मोर्चाभित्रको सबैभन्दा ठूलो दलका हैसियतमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मोर्चाको संयोजकको जिम्मेवारी पाइरहेका छन् ।
पछिल्लो समयमा माघ– ८ गते संविधान जारी गर्नका लागि गच्छदारले अगाडि सारेको प्रस्तावमा विपक्ष मोर्चामा नै सहमति नजुटेपछि गच्छदार असंतुष्ट बन्दै आएका छन् ।


NEPAL NEWS Team
211 views

सम्बन्धित समाचारहरु