दुवै माओवादी केन्द्रीय समिति बैठकमा व्यस्त


  • February 1, 2015


दुवै माओवादी केन्द्रीय समिति बैठकमा व्यस्त

काठमाडौं । सांगठनिक संरचना तथा पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल गर्न दुवै माओवादीको (एमाओवादी र बैद्य माओवादी) केन्द्रीय समितिको बैठक बस्दैछ ।
शनिवार स्थागित भएको एमाओवादी केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरीसडाडामा बिहान ११ बजेपछि बैठक बस्ने तय भएको छ । सहमतिका आधारमा संविधान जारी गर्न जनपरिचालनसहितको सडक संघर्ष गर्नका लागि सांगठनिक संरचनामा नै परिवर्तन गर्ने माओवादीको तयारी छ । एमाओवादीको केन्द्रीय कार्यालयको बैठकले पोलिटब्युरो, केन्द्रीय सदस्यहरूलाई प्रत्येक जिल्ला र क्षेत्रतहसम्म परिचालन गर्ने र जनतालाई सहमतिका आधारमा संविधान बन्न नसक्नुको कारण बारेमा जानकारी गराउने निर्णय गरेको थियो ।
यस्तै मोहन बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको पूर्वनिर्धारित माघ ८ गते संविधान नबनेपछिको अवस्थामा पार्टीको आगामी रणनीति तय गर्न नेकपा–माओवादीको पूर्ण केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठकमा पार्टीको आगामी कार्यनीति, केन्द्रीय समिति विस्तार, क्रान्तिकारी पार्टीबीच एकता लगायत विषयमा छलफm हुने बताइएको छ । पार्टी विभाजन भई सचिव नेत्रविक्रम चन्द पक्षले छुट्टै पार्टी गठन गरेपछि रिक्त रहेको केन्द्रीय समितिलगायत पदमा बैठकले पूर्णता दिने तयारी गरिएको छ ।


NEPAL NEWS Team
231 views

सम्बन्धित समाचारहरु