जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु


  • January 31, 2015


जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा । जन्ती बोकेको बस दोलखामा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
रामेछापको बेतालीबाट जन्ती बोकेर दोलखाको मिर्गे आउँदै गरेको गाडी आज करिब ११ बजे दुघर्टना हुँदा दोलखाको मेलुमकी ४ वर्षीया प्रिती खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बेहुली लिएर फर्कने क्रममा बस दुर्घटना भएको हो । बेहुला र बेहुली भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।


NEPAL NEWS Team
297 views

सम्बन्धित समाचारहरु