Thursday, March 28, 2024

तेक्वान्दो खेलाडी दीपक विष्टद्धारा सन्यासको घोषणा


  • January 31, 2015


तेक्वान्दो खेलाडी दीपक विष्टद्धारा सन्यासको घोषणा

काठमाडौं । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले आज शनिबार सक्रिय खेल जीवनबाट सन्यास लिँदैछन् । दिउँसो विषेश कार्यक्रमका वीच विष्टले सन्यासको घोषणा गर्न लागेका हुन् । सन्यास घोषणा कार्यक्रममा उनलाई भक्स वागनको गाडी दिने कार्यक्रम छ ।
विष्ट दसौं साफपछि रिङमा उत्रिएका छैनन् । ‘एक दुई वर्षअघिसम्म साफ होला र एक पटक रिङमा उत्रौंला भन्ने थियो’ विष्टले भने–‘अब सरीरले पनि साथ दिँदैन र नयाँ खेलाडीहरुले पनि मौका पाउनुपर्छ भन्ने लागेर औपचारिक सन्यास घोषणा गर्न लागेको हुँ ।’
सन्यासपछि खेल जीवनको अर्को आयाम सुरु गर्ने उनले बताएका छन् । विष्ट अब तेक्वान्दो प्रशिक्षकमा रुपमा अघि आउने छन् ।
सक्रिय खेल जीवनबाट टाढा भएपछि उनले प्रशिक्षकको भूमिका निभाउँदै आएका छन् ।
विष्टले दक्षिण एसियाली खेलकुद साफमा लगातार चार पटक स्वर्ण पक जितेका छन् । विष्टले एसियाडमा दुई कास्य जितेका छन् । उनी ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी समेत हुन् ।


NEPAL NEWS Team
264 views

सम्बन्धित समाचारहरु