अझै पनि सहमतिका आधारमा संविधान


  • January 30, 2015


अझै पनि सहमतिका आधारमा संविधान

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुको साझा प्रतिबद्धताका बाबजूद माघ ८ गते संविधान बनाउन असफल भए पनि संविधानसभाबाट याथशिघ्र नयाँ संविधान बनाउन आफूहरु सफल हुने दाबी गरेका छन्।

पार्टी निकट प्राध्यापकहरुको संस्था प्रगतिशिल प्राध्यापक संघ नेपालको अधिवेशन उट्घाटन कार्यक्रममा बोल्दै ओलीले सहमतिका आधारमा नै संविधान बनाउने पनि बताए।

संविधानसभाबाट माघ ८ गते संविधान बनाउन नसक्दा कतिले काखी ठोक्दै र बधाई साट्दै बाहिरिए तर पनि हामी पहिलो संविधानसभा जस्तो अहिलेको संविधानसभालाई विफल हुन दिदैनौ, उनले भने।

संविधानसभाको निर्वाचनमा जनताले कुनै पनि दललाई उसले चाहेजस्तो दुईतिहाई बहुमत कांग्रेस, एमाले वा अन्य कुनै दललाई नदिएको उल्लेख गर्दै संविधान निर्माणमा सहमतिबाटै आफूहरु अघि बढ्ने बताए।

संविधानका विवादित विषयमा एमाओवादी र मधसवादी दलले जस्तो आफूले भनेको विषय अरुले मानिदिए सहमति हुने नमानेमा सहमति नहुने भन्ने कुरा आफूहरुलाई अस्विकार्य हुने पनि उनले बताए।

सहमति हुन सक्ने विषयमा दलहरुबीच न्यूनतम सहमति कायम गरी सहमति हुन नसकेका विषयमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट निश्कर्षमा पुग्नु पनि सहमति नै भएको उनले बताए।


NEPAL NEWS Team
329 views

सम्बन्धित समाचारहरु