दाहाललाई सहमतिका आउन प्रधानमन्त्री कोइरालाको आग्रह


  • January 30, 2015


दाहाललाई सहमतिका आउन प्रधानमन्त्री कोइरालाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाल निवास लाजिम्पाट गई बाह्रबुँदे समझदारीदेखिको सहयात्रालाई निरन्तरताका लागि सहमतिमा संविधान लेख्नुपर्नेमा जोड दिए । सहिद दिवसका अवसरमा सहिदप्रति सम्मान तथा श्रद्धाञ्जलि अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगेका प्रधानमन्त्री कोइराला आफ्नो सरकारी निवास बालुवाटार पmर्कने क्रममा अध्यक्ष दाहाल निवासमा पुगेका थिए ।
अध्यक्ष दाहाल नेता डा बाबुराम भट्टराई र सचिव वर्षमान पुनलगायतका नेताहरूसँग पार्टीको आन्तरिक बैठकको तयारीमा भएका बेलामा एक्कासी प्रधानमन्त्री प्रवेश गरेपछि उनीहरु अलमलमा परेका थिए । करिब आधा घण्टा भएको उक्त भेटमा अध्यक्ष दाहालले सहमतिको वातावरणको सुनिश्चिता नभएसम्म वार्तामा नआउने धारणा राखेको बताइएको छ । प्रधानमन्त्री कोइरालाले यसअघि पनि दुईपटक अध्यक्ष दाहाललाई टेलिफोन गरी सहमतिका लागि पहल गरिसकेका थिए । काँग्रेस, एमालेलगायत संविधानसभामा रहेका १० दल र दुई सभासद्को संयुक्त बैठकले एमाओवादी र मधेसी मोर्चालाई सहमतिका लागि वार्तामा आउन आह्वान गरेको थियो ।

भेटबारे जानकारी दिँदै एमाओवादी सचिव वर्षमान पुनले भने “प्रधानमन्त्री कोइरालाले सहमतिकै आधारमा संविधान निर्माण गरौँ, तपाइँ हामी शान्ति सम्झौताका पक्षधर नै मिलेर संविधान बनाउनुपर्छ भन्नुभयो ।”

त्यसका लागि वार्ता र संवादमा आउन प्रधानमन्त्री कोइरालाले आग्रह गरेपछि जवाफमा एमाओवादी अध्यक्ष दाहाले भने बहुमतीय तरबार घाटीमा राखेर वार्तामा बस्न नसकिने धारणा राख्नुभएको पुनले बताए । उनका अनुसार अध्यक्ष दाहालले ठूलो पार्टीको प्रधानमन्त्रीको हैसियतले कोइरालाले नै सहमतिमा नै संविधान लेख्ने सुनिश्चिता नगरेसम्म वार्तामा बस्न राम्रो न पनि नहुने र त्यसको कुनै औचित्य नरहने बताएका थिए । भेटमा संविधानसभाबाट सहमतिका आधारमा संविधान बनाउन आफूहरू तयार रहेको अध्यक्ष दाहालले प्रक्रिया नभई सहमतिका आधारमा संविधान बन्छ भन्ने विश्वास दिलाउन प्रधानमन्त्री कोइरालालाई आग्रह गरे ।


NEPAL NEWS Team
302 views

सम्बन्धित समाचारहरु