संविधानका लागि सहयोग गर्न सवैलाई प्रधानमन्त्रीको आग्रह


  • January 30, 2015


संविधानका लागि सहयोग गर्न सवैलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सहयोग गर्न संविधानसभामा र बाहिर रहेका सबै राजनीतिक दलसमक्ष आग्रह गरेका छन् । सहिद दिवसका अवसरमा प्रधानमन्त्रीले शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले अहिलेसम्मका आन्दोलन र संघर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सवैको सहयोग आवश्यक परेको बताएका छन् ।
‘आपसी सहकार्य, मेलमिलाप र एकताको भावनाले प्रेरित भएर सहिदकोे सपना साकार पार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्न आह्वान गर्दछु,’ प्रधानमन्त्रीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीले सहिद दिवसले देशको शान्ति, विकास र समुन्नत भविष्य निर्माणमा सबैलाई समर्पित हुने प्रेरणा देओस् भन्दै सहिदको सपना साकार पार्न समर्पित सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ–‘सहिद दिवस २०७१ का अवसरमा देशको अस्तित्व रक्षा र जनताको हकहित, अधिकार र स्वतन्त्रताका निम्ति आफ्नो जीवन आहुति दिने महान् सहिदको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।’


NEPAL NEWS Team
272 views

सम्बन्धित समाचारहरु