विपक्षीलाई वार्तामा आउन एमालेको आह्वान


  • January 29, 2015


विपक्षीलाई वार्तामा आउन एमालेको आह्वान

काठमाडौं । एमालेले संविधान निर्माणका लागि सहमतिमा आउन एमाओवादीसहित विपक्षी मोर्चामा रहेका दलहरुलाई आग्रह गरेको छ । सत्तारूढ दल नेकपा एमालेले संविधान जारी गर्न वार्ता र प्रक्रिया सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।
स्थायी कमिटीको बैठकले एमालेले सम्भव भएसम्म वार्ताबाटै समाधान खोज्न चाहेको पनि स्पष्ट पारेको छ । ‘प्रश्नावली निर्माणको प्रक्रिया प्रारम्भ भए पनि वार्ता र संवादको माध्यमबाट सहमति खोज्ने प्रयास जारी नै रहेको र अहिले पनि एमाले सम्भव भएसम्म सहमतिकै माध्यमबाट अगाडि बढ्न चाहेको कुरामा पुनः जोड दिंदै, ‘बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘एमाओवादीलगायतका विपक्षी दलहरूलाई बहिष्कार, निषेध र सडक आन्दोलनको बाटो छाडेर सहमतिको प्रक्रियामा सामेल हुन र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने ऐतिहासिक अभिभाराबाट विमुख नहुन पुनः आह्वान गर्दछ ।’ सहमतिको लागि लामो समयसम्म प्रयास गर्दापनि सहमति हुन नसकेकाले प्रक्रिया सुरू गरिएको निष्कर्ष निकाल्दै बैठकले प्रक्रियामा गएपनि सहमतिको सम्भावना अझै नसकिएको निष्कर्ष निकालेको हो ।
एमालेले एमाओवादी नेतृत्वको मोर्चाको अनुत्तरदायी व्यवहार र अवरोधका कारण माघ ८ गते संविधान आउन नसकेको पनि आरोप लगाएको छ । उसले माघ ११ गते संविधानसभाबाट विवादित बिषयहरूमा प्रश्नावली तयार गर्न प्रस्ताव निर्माण समिति’ गठन हुनुलाई सकारात्मक भन्दै यसबाट संविधान निर्माणको कामलाई सुनिश्चित बनाउन
सहमतिको प्रयास निकै गरिएपनि विपक्षी मोर्चाले विभिन्न बहानामा समय लम्ब्याउने रणनीति लिएको भन्दै गत ११ गते प्रश्नावली समिति गठनको लागि प्रस्ताव निर्माण समिति घोषणा गर्ने संविधानसभा अध्यक्षको काम सही भएको निष्कर्ष निकालेको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । यसैबीच संघीयताको विषयमा पार्टीको अडान परिवर्तन हुन नसक्ने भन्दै एमालेले सात प्रदेशमा सहमति नहुने भए संघीयताको विषयमाथि अझै केही समय छलफल चलाउनुपर्ने बताएको छ ।
यस्तै एमालेले विगत केही दिन यता बजारमा खाना पकाउने ग्यासको हाहाकार सिर्जना भएर सर्वसाधारण जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको भन्दै आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ‘नेपाल आयल निगमले ग्यासको आपूर्ति पर्याप्त मात्रामा भइरहेको जनाइरहेको बेला भइरहेको यो अभावलाई एमालेले कालोबजारियाहरूको नाफाखोर प्रवृत्ति, गैरजिम्मेवार व्यवहार र बदनियतपूर्ण कदमको रूपमा लिएको छ,’महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कालाबजारियाहरूको यस्तो मनपरी र कतिपय ग्यास उद्यमी एवं व्यवसायीहरूको मनपरीलाई रोक्न नसक्नुमा सरकारको गम्भीर लापर्वाही र निरीहता प्रकट भएको छ ।’


NEPAL NEWS Team
231 views

सम्बन्धित समाचारहरु