मोरङबाट अस्ट्रेलिया आएका नेपालीहरुको भेला


  • January 29, 2015


मोरङबाट अस्ट्रेलिया आएका नेपालीहरुको भेला

नेपालको मोरंग जिल्लाबाट हाल अस्ट्रेलियाको विभिन्न भुभागमा बस्दै आउनुभएका नेपालीहरुको भेला यहि १ मार्च २०१५ को दिन मा सिड्नीको एस्फिल्ड पार्क मा हुदैछ। नेपालको मोरंग जिल्लाबाट हाल अस्ट्रेलियाको विभिन्न भुभागमा बस्दै आउनुभएका सम्पूर्ण अग्रज, बुवाआमा, दाजुभाई,दिदीबहिनीहरुलाई एकत्रित गराएर पारस्परिक चिनजान होस् भनेर १ मार्च २०१५ का दिन उक्त बार्बेकुई कार्यक्रम राखिएको जानकारी उक्त भेलाका आयोजकहरु मध्येका राजन सिटौलाले गराउनु भयो । सिटौलाका अनुसार यस प्रारम्भिक भेलाको उद्देश्य एकै जिल्लाबाट आएका हामीहरु बिचमापारस्परिक चिनजान भइ एक आपसमा सधै भरि भाइचारा सम्बन्ध राख्न सकियोस र साथ साथै बेला बेलामा आफ्नो जन्म थलोमा केहि परोपकारी कार्य गर्न सकिन्छ कि भनेर छलफल गर्ने नै हो ।मोरंग जिल्लामा जन्मेको, हुर्केको मात्र नभई मोरंग जिल्लासंग पारिवारिक तथा आत्मिय सम्बन्ध रहेका र हाल अस्ट्रेलियामा रहनु भएका सम्पूर्ण मोरंगबासी नेपालीहरुलाइ निम्न मिति र स्थानमा गरिने उक्त कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको छ र थप जानकारीको लागि डा. ज्ञानेन्द्र रेग्मी (०४१३ ४३४ ८८२); राजन सिटौला (०४१३ २१६ ०१७); तिर्थराज गुरागाईं (०४०३ ५२० १२५); विजय न्यौपाने (०४३५ ४६६ ५८४), बिपिन थापा (०४१२ ७६४ २१६); सन्तोष कोइराला (०४२५ ७९७ ६३१); मुकेश रेग्मी (०४३१ ७१९ ४४९), दीपक पोखरेल (०४०२ ६४८ ८६४ ) र समीर घिमिरे (०४३४ ६४१ ५६२ ) लाइ सम्पर्क गर्न अनुरोध गरिएको छ।

कार्यक्रम हुने समय: दिउसो १२ बजे देखी ५ बजेसम्म, (12 noon to 5 PM)
मिति: आइतबार; १ मार्च २०१५ (Sunday, 1 March 2015)
स्थान : एस्फिल्ड पार्क, सिड्नी (ASHFIELD PARK, SYDNEY).


NEPAL NEWS Team
262 views

सम्बन्धित समाचारहरु