एमाओवादीद्वारा प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने


  • January 28, 2015


एमाओवादीद्वारा प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने

काठमाडौ । एमाओवादीले शनिबार डाकिएको प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । विपक्षी मोर्चाको विरोधका बाबजुत पनि ११ गतेको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले समिति गठनको प्रस्ताव पेश गरेका थिए ।

आज विहान सिंहदरबारमा बसेको एमाओवादी संसदीय दलको बैठकले समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । बैठकले सभासदलाई गाउँगाउँ गएर सत्तापक्षको भण्डाफोर गर्न निर्देशन दिएको छ ।

सभाध्यक्षले प्रस्ताव पेश गरेपछि आन्दोलित विपक्षी मोर्चाले सभाध्यक्षलाई असहयोग गर्ने घोषणा गरेका थिए । सभाध्यक्षलाई असहयोग गर्ने रणनीति अन्तर्गत नै प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरिएको एमाओवादी नेता अग्नी सापकोटाले बताए ।

प्रक्रियामा गएर संबिधान बनाउने सत्तापक्षको निर्णय विरुद्ध तीन महिने आन्दोलन कार्यक्रम घोषणा गरेको विपक्षी मोर्चाले फागुन १६ गते राजधानीमा विरोध सभा आयोजना गर्ने भएको छ ।

फागुन १६ सम्म सभाध्यक्षलाई असहयोग गरिने नेता अग्नी सापकोटाले बताए ।


NEPAL NEWS Team
341 views

सम्बन्धित समाचारहरु