अमेरिकामा अहिले सम्मकै भयानक हिमआँधी


  • January 27, 2015


अमेरिकामा अहिले सम्मकै भयानक हिमआँधी

काठमाडौं । अमेरिकाका केही राज्यमा भयानक हिमआँधीको सुरुवातभएकाले सोमबार रातीबाट संकटकाल घोषणा गरिएको छ । सोमबार रातीबाट सुरु भएको जुनो नामको हिमआँधी मध्यरातबाट भयानक हुने मौसमविद्हरुले चेतावनी दिएका छन् । कपियत ठाउँमा जुनो हिमआँधी अहिलेसम्मकै ठूलो र खतरनाक हुने उनीहरुको चेतावनी छ । हिमआँधी प्रतिघण्टा ५० देखि ७० माइलसम्मको हुने अनुमानसहित विभिन्न राज्यले सर्वसाधारणलाई जतिसक्दो छिटो घर फर्कन र बाहिर ननिस्कन सतर्क गराएका छन् । हिमआँधीबाट लाखौं मानिस प्रभावित हुने सक्ने भएकाले स्थानीय मिडिया र सामाजिक सञ्जालहरुमा स्थितिका लागि अपडेट रहन समेत आग्रह गरिएको छ ।
यस्तो चेतावनीसँगै न्यूयोर्क, बोस्टन, रोड आइल्याण्ड, पेन्सिलभेनिया लगायत राज्यमा उच्च सतर्कता र तयारीसँगै संकटकाल घोषणा गरिएको हो । संकटकालसँगै यहाँका सरकारी तथा नीजि कार्यालय, यातायात सेवा, हवाई सेवा, बजार, विद्यलाय बन्द गरिएका छन् ।
कतिपय ठाउँमा हिमआँधी अहिलेसम्मकै खतरानक हुने अनुमानसँगै मानिसहरुलाई सुरक्षित स्थानमा रहन र उच्च सतकर्ता अपनाउन सार्वजनिक अपिल गरिएको छ । हिमआँधीका कारण विभिन्न सहरका राष्ट्रिय तथा अन्तराष्ट्रिय विमानस्थलले सोमबार तथा मंगलबारका हजारौं हवाई उडान स्थगित गरिसकेका छन् । सार्वजनिक बस तथा रेल सेवा समेत सोमबार मध्यरातिबाट बन्दको घोषणा गरिएको छ ।


NEPAL NEWS Team
344 views

सम्बन्धित समाचारहरु