संविधान निर्माणमा एमाओवादीलाई समेट


  • January 26, 2015


संविधान निर्माणमा एमाओवादीलाई समेट

काठमाडौं । राष्ट्रपति रामवरण यादवले संविधानसभामा फरक मत राख्दै आएका एमाओवादीसहितका विपक्षी दललाई पनि समेट्न आग्रह गरेका छन् । सोमबार शीतल निवास पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधान निर्माण प्रक्रियामा विपक्षीलाई पनि लिएर सँगसँगै अगाडि बढ्न आग्रह गरेका छन् । भेटमा ओलीले संविधान निर्माणमा एमाओवादीको नियतमै शंका रहेको बताएका थिए । भेटमा ओलीसँगै एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल थिए । यसअघि राष्ट्रपति डा यादवले एमाओवादीका शीर्ष नेताहरुसंग समेत छलफल गरेका थिए । माघ–८ मा संविधान जारी नभएपछि राष्ट्रपति डा यादवले प्रधानमन्त्री सुशील कोइराला, एमाओवादीका शीर्ष नेताहरुसंग भेटवार्ता गरिसकेका छन् ।


NEPAL NEWS Team
268 views

सम्बन्धित समाचारहरु