महिलाको नाममा जग्गापास गर्नेको वृद्धि


  • January 26, 2015


महिलाको नाममा जग्गापास गर्नेको वृद्धि

सल्लेरी । सरकारले महिलाको नाममा जग्गा लिखित पास गर्दा राज्यलाई बुझाउनुपर्ने राजस्वमा ५० प्रतिशत छुटको व्यवस्था ल्याएपछि सोलुखुम्बुमा पनि महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।
महिलाको नाममा जग्गाको लिखित पास शून्यजस्तै भएको नेपालमा सरकारको जमिनमा पनि महिलाको अधिकार सुनिश्चित गर्ने अभियान सफल जस्तै साबित भएको छ । अन्य क्षेत्रमा जस्तै जग्गामा पनि महिलालाई अधिकारसम्पन्न गराउने उद्देश्यले सरकारले लिखित पास गर्दा लाग्ने राजस्वमा छुट दिने नीति ल्याएको सोलुखुम्बु जिल्ला मालपोत अधिकृत बुद्धिराज कोइरालाको भनाइ छ ।
यस आर्थिक वर्षसम्म सोलुखुम्बुमा जम्मा ९३९ मा ३२९ वटा जग्गाको लिखित पास महिलाको नाममा भएको तथ्याङ्कमा उल्लेख छ । केही वर्षअघिसम्म महिलाको नाममा जग्गा पास गर्न मन नजाग्ने सोलुखुम्बुवासीमा बिस्तारै श्रीमतीप्रतिको विश्वास वृद्धि गराएको छ भने महिलालाई जग्गाको अधिकारप्राप्तिमा समेत सम्पन्न बनाउन सहयोग गरेको छ ।


NEPAL NEWS Team
231 views

सम्बन्धित समाचारहरु