काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकलौटी प्रस्ताव समिति निर्माण गरेर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले महाभूल गरेको टिप्पणी गरेका छन् । संविधानसभा बैठकपछि बाहिरिएका दाहालले आफूहरु सभाध्यक्षको निर्णयविरुद्ध जनतामा जाने बताएका छन् । ‘अब परिणाम राम्रो हुनेछैन,’ उनले भने, ‘यसको जिम्मेवार कांग्रेस, एमाले र सभाध्यक्षले लिनुपर्छ ।’ दाहालले सभाध्यक्षको गरिमा तटस्थता र नैतिकता समाप्त भएको भन्दै उनले नेम्वाङ पार्टी प्रवक्ताको रुपमा प्रस्तुत भएको आरोप लगाए । उनले नेम्वाङले कलंकको टिका लगाएको दाहालले उल्लेख गरे ।
दाहालले सभाध्यक्षले सहमतिका लागि दिएको पाँच दिनको समयको कुनै अर्थ नभएको बताए ।‘पाँच दिनको समयको कुनै अर्थ छैन,’ उनले भने, ‘हामी जनताको बीचमा जान्छौं ।’ उनले संविधानसभालाई ब्यारेक बनाएर संविधानसभा अध्यक्ष कांग्रेस एमालेको प्रवक्ता भएको टिप्पणी समेत गरे ।
नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिन विपक्षी १९ दलीय मोर्चाको बैठक सिंहदरवारमा केहीबेरपछि सुरु हुँदैछ ।
यसैबीच एमाओवादी नेता डा. बाबुराम भट्टराईले दशौंहजार जनताको वलिदानबाटप्राप्त संविधानसभाको आत्माको आज वस्तुत हत्या भएको जनाएका छन् । संविधानसभा अध्यक्ष नेम्वाङले प्रश्नावली समितिको प्रस्ताव गरे लगतै ट्वीट गर्दै भट्टराईले अब०४७ को संविधान नयाँ खोलमा जारी गर्ने बाटो खुलेकोछ । प्रतिवाद गर्न आग्रह गरेका छन् ।