आज श्रीपञ्चमी बिद्याकी देवि सरस्वती पूजा गरि मनाइँदै


  • January 25, 2015


आज श्रीपञ्चमी बिद्याकी देवि सरस्वती पूजा गरि मनाइँदै

saraswatiकाठमाडौँ । शुभ कार्य र शुभ सङ्कल्प लिने दिनका रुपमाआज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिँदै छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रुपमा मनाउने प्राचीन प्रचलनअनुसार यो दिन विशेष गरी सरस्वतीको मन्दिर एवम् शिक्षालयमा विशेष पूजाआजा गरी यो पर्व मनाइँदै छ ।
विद्याकी देवी सरस्वतीको पूजाका साथ मनाइने यो पर्व विशेष गरी पूर्वी भारत र नेपालमा ठूलो उल्लाससहित मनाउने प्रचलन छ । प्राकृतिक रुपमा बोट बिरुवामा पालुवा आउन थाल्ने, जौ र गहुँका बाली लहलहाउने, आरु, आरुबखडा जस्ता फलमा फूल लाग्ने, चारैतिर रङ्गविरङ्गका पुतली उड्ने भएका कारण पनि यस समयलाई वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा लिइन्छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाअर्चना गर्नुका साथै वसन्त श्रवणसमेत गरिन्छ । यस दिन विष्णु, कामदेव र रतीको पूजा गरी शक्ति प्राप्त गर्ने प्राचीन जनविश्वास समेत रहेको उनले बताए । ‘शास्त्रहरुमा श्रीपञ्चमीलाई वसन्त पञ्चमीसमेत भनेर उल्लेख गरिएको छ । वसन्त ऋतु आइनसके पनि वसन्त ऋतुको स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा यसलाई लिइन्छ ।’ उनले भने ।
आजकै दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गर्ने दिनका रुपमा समेत लिने गरिन्छ । सरस्वतीको उत्पत्ति सम्बन्धमा पौराणिक धर्म ग्रन्थमा विभिन्न किंवदन्ती पनि पाइन्छ । एक किंवदन्तीअनुसार सृष्टिको प्रारम्भमा भगवान् विष्णुको आज्ञाअनुसार ब्रह्माले जीवको, विशेष गरी मानव जातिकोे रचना गरे । तर ब्रह्मा आफ्नोे सृष्टिसित भने खुुसी थिएनन् । उनलाई केही कमी भएको भान हुन्थ्यो । जसको कारण चारैतिर मौनता छाएको थियो । विष्णुुसित अनुमति लिएर ब्रह्माले आफ्नोे कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कम्पन हुनथाल्यो । यसक्रममा एक अद्भूत शक्तिको उत्पत्ति भयो । जुन एक चतुर्भुजी सुन्दर स्त्रीको थियो । उनको एक हातमा वीणा, अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातमा पुस्तक र माला थिए ।


NEPAL NEWS Team
1,079 views

सम्बन्धित समाचारहरु