अनलाइन ग्रोसरी पसलको शुभारम्भ


  • January 20, 2015


अनलाइन ग्रोसरी पसलको शुभारम्भ

सिड्नी । नेपाली समुदायलाई लक्षित गरी करिब पाँच महिना अगाडि देखि म्यारिकभिलमा संचालनमा आएको खेम्स मिनी मार्टले अनलाइन सपिङको शुरुवात गरेको छ । 401 Illawarra Road Marrickville NSW 2204 मा अवस्थित सो मिनी मार्टबाट नेपाली, इण्डियन तथा साउथ इण्डियन ग्रोसरीका समानहरुलाई सुपथ मुल्यमा छिटो तथा सहजै उपलब्ध गराउने हेतुले अनलाइन सपिङ शुरुवात गरेको संचालकद्वय शंकर अधिकारी तथा खेम शर्माले नेपाल न्युज अस्ट्रेलियालाई बताए । नेपालीको स्वामित्वमा रहेको ग्रोसरी पसलबाट अनलाईन सेवा दिने सिड्नीमा सम्भवतः यो नै पहिलो ग्रोसरी पसल हो ।
नेपाली स्वादका मरमसलादेखि सम्पूर्ण नेपाली खाद्यन्न लगायत हलाल खसीको मासु, जिम्बु, टिम्बुर, सिधेनुन, विरेनुन, चुकदेखि भान्साका खाद्य सामाग्री, पुजाका सामाग्रीदेखि सरसफाइका केमिकल सम्म उपलब्घ गराउँदै आएको छ । साथै यहाँ मनी ट्रान्सफर, फोटोकपी, फ्याक्स, स्क्यानिङ लगायतको सेवा एउटै छातामुनि दिदै आएको छ । Screen Shot 2015-01-21 at 10.27.33 AM
अब तपाईलाई घरायसी खाद्यन्न सम्बन्धि कुनै पनि सामान चाहिएमा यस खेम्स मिनीमार्टको www.khemsminimart.com.au वेवसाइटमा गएर सजिलै अनलाइन सपिङ गर्न सक्नुहुनेछ । तपाईले अनलाईन अर्डर गरेपछि तपाईले उपलब्घ गराएको फोन नम्बरमा मिनीमार्टबाट फोन गरि समान कन्र्फम गरिनेछ । सबै प्रक्रिया पुगेपछि तपाईले चाहेको समान तपाईकै दैलोमा आइपुग्नेछ । शुरुमा कम्तिमा ५० डलरसम्मको सपिङ गरेमा १० किलोमिटर दुरीसम्म फ्रि होम डेलिभरी गरिने सो मिनी मार्टले जनाएको छ । समान घरमा आइपुगेपछि नगद वा कार्डबाट रकम भुक्तानी गर्न सकिने संचालक मध्येका एक खेम शर्माले बताए ।


NEPAL NEWS Team
350 views

सम्बन्धित समाचारहरु