Wednesday, June 19, 2024

हेल्प नेपालको बारबिक्यू सम्पन्न


  • January 20, 2015


हेल्प नेपालको बारबिक्यू सम्पन्न

सिड्नी । हेल्प नेपाल नेटवर्क अष्ट्रेलिया च्याप्टरको आयोजनामा शनिबार १७ तारिखका दिन सिड्नीमा एक बारबिक्यू पार्टी सम्पन्न भयो । हेल्प नेपालको परोपकारी कार्यलाई तन मन र धनले सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नको लागि सो कार्यक्रमको आयोजना गरिएको थियो ।
आफ्नो स्थापनाको दश वर्ष पुगेको अवसरमा गत वर्ष अष्ट्रेलियाका प्रमुख सहरहरुमा आयोजना गरेका परोपकारी कार्यक्रमबाट हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले एक करोड तीस लाख रुपौंयाँ रकम संकलन गरेको थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व मन्त्री नवराज सुबेदी, नेपाली काँग्रेसका नेता सोभिएत बहादुर अधिकारी, एनआरएनए अध्यक्ष महेन्द्र ओली, समाजसेवी इन्द्रा वन,वरिष्ठ पत्रकार धु्रवहरि अधिकारी, डा. समशेर सिंह थापा, लगायतका समुदायका अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका विभिन्न स्टेटको प्रतिनिधित्व गर्दै मेलबर्न बाट टोनु गोथाने क्यानबेराबाट प्रेम जंग थापा र पर्थबाट आकाश शर्मा लगायतको समेत उपस्थिति थियो ।
कार्यक्रमका संयोजक डिला खरेलका अनुसार उक्त कार्यक्रममा खर्चको व्यवस्थापन हेल्प नेपाल अस्ट्रेलियाका पदाधिकारीहरुबाट संकलन गरिएको थियो । उपस्थित माहनुभावहरुलाई हेल्प नेपाल अस्ट्रेलिया च्याप्टरका अध्यक्ष हर्ष गौतमले धन्यवाद ज्ञापन गरेका थिए ।
हेल्प नेपालले नेटवर्कले नेपालमा स्वास्थ्य, शिक्षा क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाले दुर्गम जिल्लामा स्वास्थ्य चौकी निर्माण, विद्यालय निर्माण लगायत आपत विपतमा परेका लक्षित वर्गलाई समेत प्रत्यक्ष सहयोग गर्दै आएको छ । सो संस्थाको ई– लाइब्रेरी कार्यक्रमले दुर्गम जिल्लाका विद्यार्थीहरु बढी लाभान्वित छन्


NEPAL NEWS Team
356 views

सम्बन्धित समाचारहरु