डार्बिनमा ल्होछार पर्व सम्पन्न


  • January 20, 2015


डार्बिनमा ल्होछार पर्व सम्पन्न

चन्द्र गुरुङ
डार्बिन । नेपालीहरु संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो धर्म, संस्कार, संस्कृति र रितिरिवाजलाई कहिल्यै भुल्दैनन । संस्कृतिमा धनी विभिन्न जातीहरु मध्ये गुरुङ जातीको छुट्टै पहिचान छ ।
अष्ट्रेलियाको डार्बिन निबासी गुरुङहरुले पनि आफ्नो संस्कृति जोगाउन सन् २०१३ देखि ल्होछार पर्व मनाउन थालेका छन् । विस्तारै डार्बिनमा गुरुङ जातिहरु संख्या बढ्दै गएको छ । सानो संख्यामा भएपनि यहाँका गुरुङहरुले यस पटक ल्हु ल्होछार (भेडा बर्ग) लाई बिभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरु समाबेश गरी भब्य रुपले मनाए । NANT को बिशेष सहयोगमा आयोजित गत डिसेम्बर २९ का दिन सम्पन्न उक्त कार्यक्रमलाई प्रमुख अथिति श्री देबिप्रसाद मैत्रेय बुद्ध शान्ती गुम्बा, ताओ एसोसिएसन अफ नेपालका संस्थापक तथा अध्यक्ष क्या. देबिप्रसाद गुरुङ तथा उहाकी धर्म पत्नी सिता देबी गुरुङले संयुक्त रुपमा दिप बालेर उद्घाटन गरेका थिए ।
उपस्थित सहभागीहरुलाई स्वागत गर्दै चन्द्र प्रकाश गुरुङले आफ्नो स्वागत मन्तब्यमा कार्यक्रम सफल पार्नमा सहयोग पुराउने सबै पक्षलाई धन्यवाद दिए ।
सबै जातीले आ–आफ्नो संस्कृती र पर्वहरुलाई उजागर गर्न सफल भएमा मात्रै नेपालीको सिङ्गो पहिचान हुने हुने जनाए । विशेष अथिति ल्ब्ल्त् का अध्यक्ष गणेश अधिकारीले शुभकामना मन्तब्य दिदै नेपालीले आयोजना गर्ने जुन सुकै कार्यक्रमको लागि पनि सक्दो सहयोगको लागि NANT तयार रहेको बताए र डार्बिनका गुरुङहरुले संचालन गरेको ल्होछार कार्यक्रमबाट आफु प्रभावित भएको भन्दै कार्यक्रमको प्रसंशा गरे । tamu darwin1
उक्त कार्यक्रम सम्पन्न गर्नका लागि सांस्कृतिक संयोजकको जिम्मेवारी नितु गुरुङ, खेलकुद संयोजकको जिम्मा गणेश गुरुङ तथा बिशाल गुरुङ, आर्थिक संयोजक सञ्जय गुरुङ तथा ब्यबस्थापनको जिम्मावारी धन गुरुङ, सन्जीत गुरुङ, जंग गुरुङ, बिशाल गुरुङ आदीले लिएका थिए ।
प्रतिकुल मौसमका बावजुद पनि रस्सी तान्ने खेल अत्यन्तै रोचक रुपले सम्पन्न भयो । विवाहित र अविवाहित समुह बिचको यस खेलमा विवाहित समुहले २–१ जीत हासिल गरेको थियो । बिजयी टिमलाई पुरष्कारको प्रायोजन सिड्नीबाट अमृत गुरुङ र सितल ट्राभल्सले गरेका थिए । यस्तै अन्य मनोरन्जनात्मक खेल तर्फ तातो आलुमा संगिता राम्जाली मगर र घैटो फोर्नेमा आयुशा बिजयी भए ।
कार्यक्रमको औपचारिक उद्घाटन सत्रलाई धन गुरुङले सन्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम नितु गुरुङ संचालन गरेकी थिइन् ।
गुरुङ भाषाकै स्वागत गीतबाट सुरु भएको सो कार्यक्रममा केही गुरुङ भाषाका तथा केही गुरुङ समुदायमै आधारित नेपाल्ऽी नृत्यहरुको मिश्रणबाट दर्शकहरुलाई सन्जीत गुरुङ , धन गुरुङ, विशल गुरुङ , कुशल गुरुङ, जंग गुरुङ, राकेश गुरुङ, सम्झना गुरुङ ,प्रतिमा गुरुङ, नितु गुरुङ , सशी गुरुङ , निमा पुन , आयुशा लगायतका कलाकारहरुले भरपुर मनोरन्जन दिलाए भने NANT ब्याण्डका फिरोज रानाले आफ्ना गीतहरुबाट दर्शकहरुलाई नचाएका थिए । tamu darwin 2
डार्विनमा अझैसम्म औपचरिक रुपमा गुरुङहरुको संस्था संगठित भईसकेको छैन तैपनि बिगत ३ बर्ष देखि केही जागरुक तन्नेरिहरुको पहलमा ल्होछार कार्यक्रम हुँदै आएको छ । बिशेषगरी धन गुरुङ, नितु गुरुङ, सन्जीत गुरुङ, सञ्जय गुरुङ , गंगा गुरुङ, विशाल गुरुङ, राकेश गुरुङ , अशोक गुरुङ, जंग गुरुङ लगायत सक्रिय रुपमा नेपाली समुदायमा लागेका छन् । अब चाडै सबै गुरुङहरु भेला भई औपचरिक रुपमा संस्था खोल्ने तयारीमा छन् डर्बिनका गुरुङहरु ।


NEPAL NEWS Team
598 views

सम्बन्धित समाचारहरु