नेपाल न्यूज अस्ट्रेलियाको प्रकाशकमा डिल्लीराम ढकाल


  • January 16, 2015


नेपाल न्यूज अस्ट्रेलियाको प्रकाशकमा डिल्लीराम ढकाल

सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट विगत दुई वर्षदेखि निरन्तर प्रकाशित हुदै आएको मासिक नेपाली म्यागेजिन नेपाल न्यूज अस्ट्रेलियाको प्रकाशकको जिम्मेवारी डिल्लीराम ढकालले लिएका छन् । प्यासिफिक इन्टरन्यासनल मिडिया प्रालिको हालै बसेको वैठकले ढकाललाई सो जिम्मेवारी दिने निणर्य गरेको हो । त्यसैगरी पत्रकार हेमन्त काफ्लेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको छ ।
प्रकाशक ढकाल अस्ट्रेलियामा नेपाली पत्रकारिताको जग बसाल्न तथा विस्तार गर्ने महत्वपूर्ण व्यक्तिको रुपमा परिचित छन् । नेपाली समुदाय भित्र स्पष्टवक्ता एवं वौद्धिक व्यक्तित्वको रुपमा परिचित ढकालका थुप्रै लेख तथा विचारहरु राष्ट्रिय तथा स्थानिय पत्रपत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् । नेपाली समुदायमा भिजेका ढकालले अस्ट्रेलियाको पुरानो संस्था नेपाल अस्ट्रेलिया डेमोक्र्याटिक फोरम( एनएडिएफ) को पूर्व अध्यक्षको जिम्मेवारी समेत सम्हालीसकेका छन् ।
यसैगरी प्रबन्ध निर्देशकको जिम्मेवारी पाएका हेमन्त काफ्ले विगत दुई दशक देखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष र नेपाल प्रेस युनियनका उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् । यस अघि उनी नेपाल न्यूज अस्ट्रेलियाको सल्लाहकार सम्पादकको जिम्मेवारी सम्हाल्दंै आएका थिए ।
अस्ट्रेलियामा नेपाली समुदाय माझ व्यवसायिक पत्रकारिताको माध्यमबाट समुदायलाई सुसूचित पार्ने लक्ष्य र उद्वेश्यका साथ प्रकाशित हुँदै आएको नेपाल न्यूज अस्ट्रेलियाको प्रधानसम्पादकमा माधव गैरे, सम्पादकमा कृष्ण तिवारी तथा सह–सम्पादकमा योगेन्द्र विष्ट छन् ।
प्रकाशकको जिम्मेवारी पाएपछि अझ बढी सक्रिय रहेर निष्पक्ष एवं सन्तुलित रुपमा नेपाल न्यूज अस्ट्रेलिया म्यागेजिनलाई व्यवसायिक तथा पाठकको चाहना अनुरुपका समाचार सामाग्रीहरुमा विशेष जोड दिने कुरा ढकालले बताए । यस पत्रिकाले अनलाइन न्यूज पोर्टल समेत सचालन गर्दै आएको छ । www.nepalnewsaustralia.com.au मा लगअन गरी अस्ट्रेलियाली नेपाली समुदायका गतिविधि लगायत देश तथा विदेशका ताजा समाचारहरु पढ्न सकिन्छ ।


NEPAL NEWS Team
318 views

सम्बन्धित समाचारहरु