E-paper

डोमिनोजका मालिक बने धर्मनोज

  •   बाट प्रकाशित
  •  

हेमन्त क़ाफ्ले
हरियो डलर र डलरले फेरीयो कलर भन्ने गाना उनीमा लागु हुदैन । किनभने लाखौ पहेलो डलर कमाएपनि उनले अझैसम्म पासपोर्टको हरियो कलर फेरेका छैनन ।
नुवाकोटको चर्चित गाउँ तारुकामा जन्मे धर्मराज अधिकारी। जहाँकाे गोरु जुधाँइले मुलुकभर चर्चा बटुल्छ र परिचर्चा पनि पाउँछ । उनलाई पनि समय र परिस्थीतीसँग जुध्न यसैले सिकायो । यतिखेर अस्ट्रेलियाको नेपालीमाझ सफल ब्यवशायीका रुपमा चिनिएका धर्मराजको कथा हो यो ।
बिदेशमा चिनिएको ब्रान्ड हो डोमिनोज तर यही डोमीनोजको स्टोर भटाभट खोल्न थालेपछि धर्म भए धर्मनोज । मुखै रसाउने यो पीज्जा बिश्वभर चर्चामा छ र फैलीएको पनि । तर धर्मको मिहिनेत र पौरखले डोमिनोजको शान र मान पनि बढेको छ । एउटा वाट सुरु गरेको डोमिनोज स्टोरले यतिखेर अंकमा धेरै ब्यापकता पाइसकेको छ । एक दशकका उनको व्यबशायकि यात्रामा अहिले उनको १३ वटा डोमिनोज स्टोर संचालनमा छन भने दुइवटा केहि महिनाभित्रै सन्चालनको तयारीमा छन । यति भन्दैमा धर्मको कर्म रोकिएको छैन ,उनी भन्छन गर्दै जाऔं ,कसो नहोला । 13626500_10153948996587087_4859474451694776690_n
डोमिनोजका दोकानहरु अंकगणित बढ्दै गएपछि धर्मको चिनिने नाम फेरीएको छ डोमिनोजका कारण उनलाई अचेल धर्मनोज भनेर सम्वोधन गरिन्छ ।
सन १९९६मा बिजनेशका बिध्यार्थीका रुपमा अस्ट्रेलिया पसेका धर्मले आफ्नो पढाइको अध्याय पुरा गरिसकेपछि ब्यापार ब्यवशायलाई नै रोजे । उनी जान्दथे जागिर खाए जागिरे भैइन्छ , ब्यापार गरे साउ भनेर । नभन्दै उनि यतिखेर करिब १३ वटा डोमिनोजको साउ बनेका छन । नेपाली राजनितीमा केपी ओलीवाट प्रभावित धर्मराज डोमिनोज इन्टरनेसनलका अस्ट्रेलिया ग्रुपका प्रमुख कार्यकारी डन मेजका रोजाइका ब्यक्तीमा गनिन्छन । धर्मको ब्यवशायीक धर्मवाट प्रभावित कार्यकारी प्रमुख डनले नेपालमा गएको बिनासकारी भुकम्पमा सहयोग समेत गरेका थिए ।
शिक्षा अनि संघर्ष र राजनितीका कयैन पाटाहरुसँग पैठाजोरी खेलेका धर्मराज सानैदेखि हक्की स्वभावक थिए । यसैले बानीले उनलाई प्रगतिशिल बिचारधारमा अगाडि बढायो । स्कुले जिवनपछि काठमाडौको अध्यनमा धर्मराजले रोजिरोटीको सवालमा सानातिना ब्यापारपनि थाले, राजनितीपनि गरे अनि गोली पनि खाए, तर हरेस कहिले खाएनन । २०४६ सालको जन आन्दोलनमा प्रजातन्त्रको लडाइ लड्दैगर्दा धर्मराजले गोली खाएका थिए । पछिल्लो परिवेश संझदै धर्मराज भन्छन, हिजोको दिनमा मुलुकको स्वतन्त्रताको लडाइमा सानै भएपनि योगदान दिन पाइयो त्यो नै ठुलो कुरा भयो । त्यती मात्र होइन ,सय करोडको हाराहारीमा ब्यापार ब्यवशाय संहालेका धर्मले अहिलेपनि आफुलाई नेपालीकै रुपमा चिनाएका छन । यहा बसेर व्यबशाय गर्दैगर्दा पनि धर्मराजलाई अस्ट्रेलियन नागरिकताको मोहले तान्न सकेको छैन । अझैपनि हरियो पासपोर्टमै सरर सयर गर्छन र गर्व गर्छन धर्मराज । भन्छन ,आवश्यक परे एक दिन मुलुक फीर्ने सोच हराएको छैन । यसैका लागि वाटो खुला राखेको हुँ ।
बिस बर्षको अस्ट्रेलिया यात्रामा ब्यापार ब्यवशायसँंगै समाजसेवामा पनि धर्मराजको नाम उत्तीकै चर्चामा छ । नेपाली समुदायका सबैखाले कार्यक्रममा देखिने धर्मराज गैह आवासिय नेपाली संघ (एनआरएन)ग्लोबलका केन्द्रिय सदस्य समेत रहेका छन । र्धम भन्दा पनि कर्ममा बढि बिश्वास गरेको कारण नै आफु सफल भएको बताउछन धर्मराज ।
एउटा दुइवटा गर्दै डोमिनोज पीज्जाको स्टोरहरु खोल्दै अगाडि बढेका धर्मराजका यतिखेर न्यु साउथवेल्स राज्यभर १३ वटा डोमिनोज स्टोर रहेका छन । हत्तपत्त नपाइने यसको फ्रेन्चाइज धर्मराजका लागि भने सहज र सजीलो बन्दै गएको छ । डोमिनोज ब्रान्डको बिश्वास जितेका धर्म भन्छन , इमान र जमानमा काम गर्नुपर्छ पछि परीदैन । उनको इच्छा नेपालमा पनि डोमिनोज पुरयाउनु हो तर त्यो त्यती सहज भने छैन । ब्यापारका रुप र आकार फरक हुन्छन । डोमिनोजको क्षेत्रगत अधिकारमा भारतिय कार्यक्षेत्र भित्र नेपाल पर्ने भएकोले सिधै खोल्न नपाइने प्रावधान रहेको छ । त्यसैले धर्म भन्छन ,म त्यसमा लागेकने छु र आशाबादी छु । म्याकडोनाल्ड र केएफसी जस्तै यो बिश्वब्यापी फ्रेन्चाइज ब्यापार डोमिनोजवाट आफुलाई धर्मनोज बनाएका अधिकारीको रमाइलो कथाले धेरैलाई उत्साह थप्न सक्छ ।
दुइ छोरा बिधान र बिज्ञान अनि श्रीमती बीनाका साथ न्यु साउथवेल्सको पर्यटकिय नगरी ओलंघनमा बस्दै आएका धर्मको रुप र सारमा फरक भटिदैन । उनी जे भन्छन, त्यही गर्छन अनि जतासुकै सहजै भेटिन्छन पनि । सयौ अस्ट्रेलियनहरुलाई काम दिएका धर्मको डोमिनोजले भ्याएसम्म नेपालीहरुलाई समेटने प्रयास गरेको छ । उनी भन्छन , जसो गर जे भन, जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो ।

Banner Top
Banner Top