Wednesday, April 17, 2024

सिड्नीमा ड्रीम्सको बढ्दो लोकप्रियता पहिलो शो आज


  • April 28, 2016


सिड्नीमा ड्रीम्सको बढ्दो लोकप्रियता   पहिलो शो आज

सिड्नी । सदाबाहार नायकका रुपमा परिचित भुवन केसीको निर्देशन र निमार्णमा बनेको चलचित्र ड्रीम्स शुक्रबारदेखि सीड्नीमा आइतबारसम्म लगातार तिन दिन चल्ने भएको छ । भुवन केसीका पुत्र तथा युवा पुस्ताका लोकप्रीय अनमोल केसीको मुख्य भुमिका रहेको यो चलचित्र शुक्रबार सीड्नीको टाउनहल स्थीत इभेन्ट सीनेमामा चल्ने छ । पहिलो दिनको सबै टिक बिक्री भइसकेको र माग अनुरुप केहि सीठ बढाइएको आयोजक राजमान थकालीले बताए । स्वयं भुवन केसी र अनमोल उपस्थीत रहेने यो चलचित्र प्रर्दशनीमा कलाकार हेर्न समेत घुइचो लाग्ने पक्का पक्की छ ।
नेपालमा राम्रो कमाइ गरेर आएको यो चलचित्रको सीनेमाटोग्राफी निकै राम्रो रहेको चलचित्रकर्मीहरु बताउछन । चलचित्र प्रर्दशनीका लागि सीड्नी आइपुगेका नायक निमार्ता भुवन केसी नेपालमाझै अस्ट्रेलियामा पनि दर्शकले ड्रीम्सलाई मनपराइदिने बिश्वास ब्यक्त गरे । भुवनले भने , फील्म सबै बर्गका दर्शकलाई तान्ने पक्का छ । चलचित्रको दोस्रो दिन बरउड सीनेमा बरउड र तेस्रो दिन हर्षभीलमा प्रर्दशनी हुने कुरा आयोजक मध्येका एक भुपाल सीटौलाले बताए ।


NEPAL NEWS Team
287 views

सम्बन्धित समाचारहरु