E-paper

टिएम केसी(शोभा) को गीत संगीत मोह

  •   बाट प्रकाशित
  •  

सिड्नी । भनिन्छ, गीत संगीतमा भिजेपछि त्यसलाई चटक्कै छोड्न गाह्रो हुन्छ । यस्तै भएको छ, ब्रिसवेन निवासी टिएम( शोभा) केसीलाई । करिब १२ वर्ष पछि उनी फेरी गीतसंगीतको दुनियाँमा फर्केकी छिन् ।
केसी “साइमन” नामको एल्वम बजारमा ल्याउने तरखरमा लागेकी छिन् । सो एल्बममा उनले “तिम्रो साथ”….. वोलको गीतको छायाङकन पुरा गरिसकेकी छिन् । यस गीतलाई केसी प्रेम गीत भन्न रुचाउँछिन् । उनी भन्छिन्– मेरो गीत विशेष युवायुवतीहरुप्रति लक्षित छ ।
ब्रिसवेनमा छायाङकन गरिएको सो गीतको मोडलिङ समेत उनी आफैले गरेकी छिन् । यस एल्बममा रहेको तिम्रो साथ…..वोलको मिठोे गीतसंगैं केसीको मोडलिङ पनि देख्न पाइनेछ । उनी मोडलिङप्रति पनि रुचि राख्छिन् । 13059803_871178499672231_373645257_n
नवलपरासीको प्रगतिनगरमा जन्मेर हुर्केकी शोभाको संगीत मोह सानै देखिको हो । स्कुल पढ्दादेखि नै स्कुल तथा स्थानिय क्लबले आयोजना गर्ने सास्कृतिक कार्यक्रममा १० वर्षको उमेरदेखि नै वाल गीत गाउन थालिन् ।
कक्षा ६ मा पढ्दा नै अन्नत यात्रा एल्वममा “हामी साना भए पनि देशको माया लाग्छ”….. वोलको वाल गीत गाएर सबैको मन जित्न सफल केसीले रेडियो नेपाल, राष्ट्रिय नाचघरमा समेत आफ्नो प्रस्तुती पस्किसकेकी छिन् । उनले स्थानिय क्लबमा डान्स प्रशिक्षकको समेत भुमिका निभाइसकेकी छिन् । जनज्योति नमुना कन्या मावि प्रगतिनगरबाट एसएलसी पास गरी वालकुमारी क्याम्पस नारायणगढबाट प्लस टु सकेकी केसी विगत पाँच वर्षदेखि अस्ट्रेलियाको ब्रिसवेनलाई आफ्नो कर्मथलो बनाउँदै आएकी छिन् ।
गीतको प्रोमो यस्तो छ,…

Media

Banner Top
Banner Top