E-paper

प्रश्न राष्ट्रिय अस्मिताको हो

  •   बाट प्रकाशित
  •  

– डिल्लीराज पाण्डेय

नेपालको राजनीति यतिवेला अत्यन्त गहन र साँघुरो मोडमा खडा छ । संसदीय राजनीतिका चतुर खेलाडीहरू एकपछि अर्को गर्दै सत्ताको रसास्वादनमा हेलिएका छन् । सत्ता स्वार्थका डोवहरुमा देशलाई अस्थिर बनाउन देशी विदेशी शक्ति केन्द्रहरु प्रत्यक्ष र परोक्ष रुपमा सक्रिय बनिरहेका छन् । निर्वाचन सम्पन्न भैसकेको छ । किन्तु सरकार गठन भैसकेको छैन । निर्वाचन पूर्व गरेका सम्झौता र वाचाहरु फगत पानीको फोकामा परिणत हुने त होइन ? प्रश्न सोझिएको छ ।

नेपालको आन्तरिक राजनीतिमा विदेशी शक्ति केन्द्रको हस्तक्षेप कुनै आश्चर्यको विषय भएन । पछिल्लो चरणमा भारतीय पक्षको दादागिरी अत्यन्त नांगो रुपमा प्रकट भैरहेको छ । नेपालका केही नेताहरू विदेशी शक्तिको गोटीचालमा सामेल भएको बुभ्mन कठिन छैन । राजनीतिमा एउटा भनाइ छ – ‘विरोधको राजनीतिभन्दा समर्थनभित्रको षड्यन्त्र खतरनाक हुन्छ ।’ विदेशी शक्ति केन्द्रले फ्याँकेको काट्टोमा ¥याल काँढ्ने एउटा ठूलो शक्ति विभिन्न नाममा सक्रिय छ । डरलाग्दो पक्ष के छ भने राष्ट्रिय राजनीतिका कतिपय ठूला टाउकेहरू नै यो लाइनमा सामेल छन् । नेपालमा राजनीतिक स्थिरता र विकास त्यति सहज छैन । किन्तु कठिन र युगिन निर्णय लिन सक्ने स्वाभिमानी राजनीतिक नेतृत्व भएमा देश साँच्चिकै नयाँ युगमा फर्किनेछ । नेपालको राजनीतिमा देखिएको अन्तद्र्वन्द्व भित्रको अन्तरवस्तु केलाउन इतिहासदेखि वर्तमानसम्मको कालखण्डलाई मिहिन ढङ्गले विश्लेषण गर्नु जरुरी हुन्छ ।

निर्वाचनपूर्व एमाले र माओवादी बीचमा भएको चुनावी गठवन्धनले राष्ट्र तथा अन्तर्राष्ट्रमा तरङ् पैदा गरेको थियो । यो गठवन्धन राजनीतिक स्थिरता र विकासका लागि थियो या केवल सत्ता स्वार्थका लागि, यो त भविष्यले नै बताउला । एउटै चुनावी घोषणापत्रका साथ हेलिएका यी दुई राजनीतिक दलको चुनावी सफलता यो गठवन्धनको जनअनुमोदन पनि हो, भलै सत्ता स्वार्थहरूका डोबहरुमा गरिएको गठवन्धन नै किन नहोस् । स्थिर सरकार र राष्ट्रको विकास भन्ने मूल नाराका साथ गरिएको यो गठवन्धनका नायक केपी ओली र प्रचण्ड नै यो गठवन्धनका प्रमुख चालक हुन् । फरकफरक पृष्ठभूमिबाट आएका भए पनि यी दुई नेताहरूको नेपालको राजनीतिमा विशिष्ट पहिचान छ । दश वर्षको विद्रोह र त्यसपछिको राजनीतिक उलटफेरहरूमा प्रचण्डको भूमिका केन्द्रीय छ । १४ वर्षको जेल जीवन र खास गरी नाकावन्दीको कालखण्डमा निर्भिक, निडर र स्वाभिमान भई सरकार संचालन गर्नु केपी ओलीको व्यक्तित्व निर्माणको सबैभन्दा मूल चुरो हो । चीनसँग भएका ऐतिहासिक सम्झौताहरू केपी ओलीको उज्यालो पक्ष हो । एउटा सानो भूपरिभेष्ठित देश नेपालमाथि भारतीय शासक वर्गले गरेको नाकाबन्दीले नेपालमा देशभक्तिको जुन जागरण संचालन भयो त्यसका नायक ओली बने । नाकाबन्दीको विरुद्ध सरकारमा बसेर सामना गर्नु कुनै चानचुने विषय थिएन । नेपालको संविधानप्रति अरुचि देखाई गरिएको नाकाबन्दीले खुद भारतीय शासक वर्गको निरंकुश चरित्र प्रकट हुने काम ग¥यो । नाकाबन्दीका विरुद्ध सिंगो देश खडा हुनु र नाकाबन्दीलाई परास्त गर्नु कुनै चानचुने विषय थिएन । नेपालको संविधानलाई आफ्नै स्वार्थका डोबहरुमा संचालन गर्न पाउनुपर्छ भन्ने दिवालिया सोंच भारतीय शासक वर्गको कुटनीतिक पराजयको पराकाष्टा थियो । नाकाबन्दी विरुद्ध केपी ओलीको अडान र छिमेकी राष्ट्र चिनसँग गरिएका ऐतिहासिक पारवहन सम्झौताहरु कुनै स्लेटमा लेखिएका अक्षर होइनन् जुन मेटेर मेटियोस् ।

प्रचण्ड र केपी ओलीको सार्थक एकतामा नै देशको राजनीतिक स्थिरता हुनेछ । जोखिम र युगिन निर्णय लिन सक्ने कलामा माहिर पुष्पकमल र प्रजातन्त्र र राष्ट्रिय स्वाभिमानको लडाइँमा व्यवहारबाट श्रेष्ठ ओली समकालिन नेपाली राजनीतिको सबैभन्दा अग्ला व्यक्तित्वहरू हुन् । भारतीय शासक वर्ग नेपालको राजनीतिमा केपी ओलीको सशक्त प्रभाव देख्न चाहँदैन तसर्थ ओलीलाई प्रधानमन्त्री हुनबाट कसरी रोक्न सकिन्छ, उसको राजनीतिक गोटीचाल यहीँनेर केन्द्रित रहन्छ । कतै चीनसँग गरिएका सम्झौताहरु कार्वान्वयन हुने त होइनन्, भारतीय पक्ष तनावमा छ । नेपालमा राजनीतिक अस्थिरता कायम रहिरहोस् भन्ने मनसाय भारतीय शासक वर्गमा रहेको पाइन्छ । राष्ट्र तथा अन्तराष्ट्रमा आपूm पक्षधरहरु मार्फत् नेपालमा वाम सरकार बन्न नदिने, बनिहालेमा केपी ओलीको नेतृत्वमा बन्न नदिने मनसुबा भारतीय पक्षको छ ।

राजनीति यसकारण पेचिलो बन्दैछ कि यो केवल केपी ओली प्रधानमन्त्री बन्ने वा नबन्ने भन्ने विषयसँग मात्रै सम्बन्धित छैन । नेपालको आन्तरिक राजनीतिमा यो भद्दा हस्तक्षेपको अन्त्य हुने कि नहुने ? नेपाली जनताले आफ्नो सार्वभौम अधिकार कार्यान्वयन गर्न पाउने कि नपाउने ? नेपालको स्वतन्त्र अस्तित्वमाथि नांगो हस्तक्षेप अन्त हुने कि नहुने ? भन्ने प्रश्नसँग जोडिएको छ ।

नेपालको आन्तरिक राजनीतिमा देखिएको वैदेशिक दादागिरीलाई अन्त गर्न स्थिर र जनमुखी सरकारको खाँचो छ जस्को पुर्ताल वर्तमान वाम गठवन्धनले गर्न सक्नुपर्छ । जनताको विश्वासमाथि यो गठवन्धनले कुठाराघात गरेमा देशमा राजनीतिक अस्थिरताको वनमारा झार मौलाउनेछ जस्ले देशको उज्ज्वल भविष्यमा दरार खडा गर्नेछ । आन्तरिक द्वन्द्वको एम्बुसले देशलाई विनाशको खाडलमा पु¥याउनेछ र फेरि सत्तास्वार्थका मुसाहरू मौलाउनेछन् र सिंगो देशको मुटुको धमनीमा वैदेशिक मालिकहरूको प्रहार हुनेछ । त्यसैले प्रश्न राष्ट्रिय अस्मिताको हो अनि प्रश्न राष्ट्रिय स्वाधिनताको हो ।

Banner Top