E-paper

ईश्वर पोखरेलको “तिम्रो दिलको साम्राज्यमा” सार्वजनिक

  •   बाट प्रकाशित
  •  

अस्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा सक्रिय गायक ईश्वर पोखरेल अविरलले आफ्नो नयाँ गीत ‘तिम्रो दिलको साम्राज्यमा’ हालै आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका छन् ।

निर्देशक निकेश खड्काको निर्देशनमा तयार गरिएको उक्त गीतको म्युजिक भिडियोमा नाजिर हुसेन र केकी अधिकारीले अभिनय गरेका छन् । दावा लामाको शब्द र आनन्द राईको संगीत रहेको उक्त म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन तथा गोपाल रसाइलीले संयोजन गरेका हुन् ।

क्लासिकल रोमान्टिक थिम रहेको उक्त गीतको म्युजिक भिडियोमा नाजिर र केकीलाई सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । चलचित्र ‘राज्जा रानी’ मा देखिएको केकी र नाजिरको जोडीभन्दा अपोजिट रुपमा उनीहरुलाई भिडियोमा प्रस्तुत गरिएको निर्देशक निकेश खड्काले नेपाल न्युज अस्ट्रेलियालाई बताए ।

Banner Top