Thursday, April 18, 2024

नेपाली राजदुत लक्की शेर्पाद्वारा न्युजिल्यान्डमा सपथग्रहण


  • November 22, 2017


नेपाली राजदुत लक्की शेर्पाद्वारा  न्युजिल्यान्डमा सपथग्रहण

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले एक समारोहको बीच न्युजिल्यान्डका गभर्नर जनरल दामपत्से रेड्डी समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेकी छीन । उक्त समारोहमा राजदुत शेर्पाले नेपाली राष्ट्रपति, नेपाल सरकारतर्फबाट न्युजिल्यान्डका जनताका लागि शुभकामना संदेश लिएर आएको बताइन । भेटका क्रममा शेर्पाले नेपालको समसामयिक राजनीतिक परिवेश, चुनाबको तयारी र संबिधान कार्यान्यनका बिशेषमा जानकारी गराएकी थिइन । सगरमाथाको इतिहाँंसमा एडमन्ड हिलारी र तेंजिङनोर्गे शेर्पाको फरक इतिहास जोडिएको कारण पनि दुइ देशको बिचको सम्बन्ध अझै प्रगाढ भएको बताउदै शेर्पाले आफ्नो कार्यकालमा दुइ देशको बीचको सम्बन्धले थप उचाई लिनेमा विश्वास व्यक्त गरिन । न्शेर्पाले युजीलैंडका गभर्नर जनरल रेड्डीलाई नेपाल भ्रमणको निम्तो समेत दिइन । प्रतिउत्तरमा जनरल रेड्डीले आफु नेपाल जान इच्छुक रहेको र उपयुक्त समय आए पछी जानकारी गराउने कुरा बताएका थिए । । उक्त अबसरमा नेपाली दुताबासका तर्फबाट नवांङ सोनाम शेर्पा र प्रथम सचिब प्रमिता अधिकारीको उपस्थिति रहेको थियो । सात दिने भ्रमणमा न्यु जिल्यान्डमा रहनु भएकी राजदुत शेर्पाले यहा रहदा विभिन्न ठाउँमा नेपाली समुदायहरु संग भेटबार्ता गरि नेपालीहरुले भोग्नु परेका समस्या र समाधानका उपायहरु बारे छलफल गरेकी छिन ।
न्यूजिल्याण्ड र अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत लक्की शेर्पाले गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डले राजदूत शेर्पाको सम्मानमा गत शनिबार कार्यक्रमको आयोजना समेत गरेको थियो।
कार्यक्रममा राजदूत लक्की शेर्पाले नेपाल र नेपालीहरुको जीवनस्तर उकास्न अनवरत सहयोगीको भूमिका निभाउनु भएकोमा लेडी जून हिलारीलाई सम्मान गरेकी थिइन ।
एन आर एन न्यूजिल्याण्डका संस्थापक अध्यक्ष वावुराजा महर्जनले नेपाल र न्यूजिल्याण्ड वीचको दौत्य सम्वन्ध समेतलाई मध्य नजर गर्दै न्यूजिल्याण्डमा दुतावास खोल्नु पर्नेमा जोड़ दीएका थिए ।
कार्यक्रममा बिभिन्न संघ संस्थाका तर्फबाट श्री मुकुन्द देब अधिकारी, भक्त सिवाहंग, कमल प्रसाद श्रेष्ठ, दिनेश खड्का, रेबत बस्नेत, तेज भट्टराई, लगायतले प्रवासमा बसेर मुलुकको सेवा गर्न पाउनु गौरवको बिषय भएको बताए ।


NEPAL NEWS Team
343 views

सम्बन्धित समाचारहरु